निसीखोलामा युवाको हत्या, श्रीमति पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोलामा एक जनाको हत्या भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका ३१ वर्षीय टेकबहादुर बुढाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

हत्याको आरोपमा प्रहरीले उहाँकी श्रीमति २३ वर्षीया मनिका बुढालाई पक्राउ गरेको छ । घटना शुक्रबार रातिको भए पनि प्रहरीले शनिबार विहान मात्रै जानकारी पाएको थियो । जानकारी पाउँदा साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले उहाँको श्रीमतिलाई पक्राउ गरको हो ।

घर झगडा हुँदा श्रीमानको हत्या गरेको स्थानीयको बुझाई छ । यस विषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *