बागलुङका इन्द्रालाल सापकोटा सहित गण्डकीका नौं केन्द्रीय सदस्य निर्विरोध


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गण्डकी प्रदेशबाट नौ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार गण्डकी प्रदेशवाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी नौ कोटामा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् ।

गण्डकीबाट निर्विरोध निर्वाचित हुनेमा इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी छन् भने महिलातर्फ नरदेवी पुन मगर, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्रीको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका हुन् । यद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *