बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु


आदर्श अनलाइन, बागलुङ
बागलुङ बजार देखि कुस्मिसेरा जादै गरेको ट्याक्टर बलेवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कैया भीरमा ध १ त ३६ नम्बरको ट्याक्टर खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले दुई जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । यद्यपी मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटना स्थल भीरमा भएकाले उद्दारमा कठिनाई भएको छ । दुर्घटना स्थलमा १२ वर्षका सुदिन केसी घाइते अवस्थामा फेला पर्नुभएको छ । प्रहरीले उद्दारको थालनी गरेको छ । थप बिबरण भने आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *