चुनावलाई लक्षित गर्दै बागलुङमा मसिंर १७ देखि मतदाता नामावली संकलन गरिने

आदर्श अनलाइन, बागलुङ
आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संगलन अभियान सुरु गर्ने भएको छ । बुधबार जिल्ला स्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराउनु भयो ।

ढुङगानाले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४ सय ७० जना नयाँ थपिने बताउनु भयो । उहाँले नामावाली संकलन कार्यक्रम दुई चरणमा गरिने समेत जानकारी दिनुभयो । पहिलो चरण कार्तिक १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने बताउनुभयो ।

पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसिखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिनुभयो ।

मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने बताउनुभयो । नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने ढुङगानाले बताउनुभयो ।

मतदाता नामावली दर्ताको लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कलल र प्रतिलिपि साथमा लिई जानु पर्ने उहाँको भनाई छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफु रहेको ठाउँबाट पनि दर्ता गर्न सक्ने छन् ।

२०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४ सय ७० थपिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *