बागलुङमा कतिले लगाए काेराेना विरुद्धको खोप ?

आदर्श अनलाइन, बागलुङ
गत वर्षदेखि नै बागलुङमा कोरोना विरुद्धको खोप लगाउन सुरु भएको थियो । खोप अभियान अहिले पनि जारी छ । बागलुङमा हालसम्म एक लाख १७ हजार नौ सय २९ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगायका छन् । त्यस मध्ये ७४ हजार एक सय ११ जनाले पूर्ण मात्रामा कोरोना विरुद्धको खोप लगाएका छन् ।

अझै करिब ४२ हजार सात सय १७ जनाले दोस्रो डोजको कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म २० हजार चार सय ७३ जनाले जनाले पूर्ण मात्राको कोभिसिल्ड खोप लगाईसकेका छन् ।

जिल्लामा करिब छ हजार सात सय २० जनाले कोभिसिल्ड तथा एस्ट्रेजेनेका खोप लगाउको लागी प्रखाईमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु कार्कीले जानकारी दिए । त्यस्तै ७७ हजार तीन सय ७२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाईसकेको छन् ।

भेरोसेल खोपको दोस्रो मात्राको खोप लगाउनको बाँकीको संख्या करिब ३५ हजार नौ सय ९७ रहेको छ । हाल सम्म कोरोना बिरुद्ध प्रभावकारी मानिएको भेरोसेल खोप जिल्लाका करिब ४१ हजार तीन सय ७५ जनाले लगाईसकेको कार्कीले जानकारी दिए ।

अमेरिकी ज्यानसेन एण्ड ज्यानसेन खोप पनि बागलुङमा लगाईएको छ । एक डोज नै लगाईराखिएको सो खोपबाट करिब १२ हजार दुई सय ६६ जनाले लाभ लिएका छन् । बैदेशिक रोजगारीका लागी जाने व्यक्ति लगायतलाई सो खोप लगाईएको थियो । त्यस्तै, दिर्घरोगी र १२ बर्ष माथी १८ वर्ष सम्मका बालबालिकालाई करिब एक हजार ९८ डोज खोप लगाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *