आदर्श सञ्चारको १५ औँ साधारण सभा काठेखोलाबाट सुरु

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ । सहकारीले काठेखोला गाउँपालिकाको केन्द्र बिहुँ सुलडाँडाबाट एकाईगत साधारण सभा सुरु गरेको हो ।

May be an image of 7 people, people standing and outdoors

साधारण सभालाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष एवम् काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सहकारी क्षेत्रले समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सहकारीको माध्यम मार्फत गरिबीको रेखा मुनी रहेका नागरिकको जीवनस्तर उकास्न सकिने भन्दै सम्पत्तिलाई बाकसमा थुनेर राखेर भन्दा परिचालन गरेपछि मात्रै धनी बन्न सकिने बताउनुभयो ।

May be an image of 7 people and outdoors

पछिल्लो समय सहकारीहरु सेवा मुलक कार्यमा भन्दा बढी नाफा कमाउन तर्फ लागेको भन्दै यसले समाज रुपमान्तरणमा असर पुग्ने उहाँको भनाई थियो । सहकारी धनी, गरिब, कृषिक, व्यापारी सबैको साझा चौतारी भएको भन्दै यसैको माध्यमबाट नागरिकको जीवन स्तर उकास्न सकिने तर्क गर्नु भयो ।

May be an image of 10 people, people sitting, people standing and outdoors

‘हामीसँग भएको पूूँजीलाई चलायमान बनाउन जरुरी छ , पूँजीलाई चलायमान गराउन सकिएन भने धनी कसरी बन्ने, जीवन स्तर कसरी काउस्न सकिन्छ ?’ अध्यक्ष थापाले भन्नुभयो ‘अब सहकारीले धनी, गरिब, कृषक, व्यापारी सबैलाई जोड्नु पर्छ, समाजका सबै वर्गका नागरिकलाई सहकारीमा आवद्ध गराउन सकियो भने मात्रै समाजमा सहकारी भएको सार्थकता हुन्छ, सबै नागरिकले यसबाट सेवा पाउन सक्छ ।’

May be an image of 6 people, people standing, people sitting and outdoors

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछाने, संस्थाका सल्लाहकार डिलबहादुर कार्की, रुद्रबहादुर महत, काठेखोला गाउँकार्यपालिका सदस्य टिका संगम विक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

May be an image of 8 people, people standing, people sitting and outdoors

सो अवसरमा संस्थाले अपांगता भएकाहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका भक्तबहादुर कुवँरलाई एक हजार रुपैयाँ अपांगता भत्ता प्रदान गरिएको थियो । उत्कृष्ट कर्जा कारोबार गर्ने काठेखोला गाउँपालिका वडा नम्बर ७ की मिना परियार र शेयर सदस्य वृद्धि तर्फ संचालक दुर्गाबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो ।

May be an image of 4 people, child, people sitting, people standing and text that says "सहकारी HALL- COOp आदर्श सत्चार सहकारी १५ औ वार्षिक साधारण समा काठेखोला गाउपालिका एकाई सभा बिहु. ल्डॉडा COOP ဘ"

सोही अवसरमा जेष्ठ नागरिक रनबहादुर जिसी, नन्दकली जिसी, पूर्णबहादुर कार्कीलाई जेष्ठ नागरिक भत्ता वितरण गरिएको थियो । साधारण सभाले संस्थाका सचिव ललिता थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा सुपरिक्षण समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

May be an image of 5 people, child and people standing

सभामा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

May be an image of 2 people, people standing and outdoors

साधारणसभाको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत मन्तव्य र प्रबन्धक दीपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 4 people, people standing and outdoors

संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो । संस्थाको १९ गते आइतबार गलकोटमा एकाई साधारणसभा हुनेछ भने २० गते बरेङ गाउँपालिका, २१ गते जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाका विभिन्न वडाको छुट्टा–छुट्टै २३, २४ र २५ गते बागलुङ बजारमा गरिने संस्थाले जनाएको छ । साधारण साभाको इकाई बैठकका प्रतिनिधिहरुको निर्णय मंसिर २७ गते बागलुङ बजारमा हुने सभाले प्रमाणित गर्ने छ ।

May be an image of 4 people, people standing and outdoors
May be an image of 4 people, people standing, outdoors and text that says ""मर्यादित प्रविधिमा सहकारी" आदर्श सज्चार सहकारी संस्था लिमिटेड COoP 9५ औ वार्षिक साधारण सभा काठेखोला गाउपालिका एकाई सभा २०७૬ मंसिर गले स्थान: भीमसेन मा.वि. बिहुँ, सुल्डाडा COOP"
May be an image of 2 people and people standing
May be an image of 3 people, child, people standing and outdoors
May be an image of ‎3 people, child, people standing and ‎text that says "‎HALL- Dש Cထop आदर्श सज्चार १५ औ वार्षिक साधारण सभा काठेखोला गाडपलिका एकाई सभा COOP‎"‎‎
May be an image of 5 people, people sitting and people standing
This image has an empty alt attribute; its file name is IMG_0212-1-627x418.jpgMay be an image of 4 people, child, people sitting and outdoorsMay be an image of 1 person and outdoors
May be an image of 4 people, people standing and text that says "प्रविधिमा सहकारी" स्चार संस्थ क साधारण सभा Cထoာ उँपालिका एकाई सभा सेन मा.वि. सुल्डॉडा"
May be an image of 8 people, people sitting and outdoorsThis image has an empty alt attribute; its file name is IMG_0099-1-627x418.jpg
May be an image of 5 people, people standing, people sitting and outdoors
May be an image of 2 people, people standing and outdoors

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *