कांग्रेस गण्डकी अधिवेशन : शुक्रराज शर्मा विजयी

आदर्श अनलाइन, पोखरा
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । शुक्रराज शर्मा ६१२ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीले ५२८ मत पाए ।

उपसभापतिमा कल्पना तिवारी ६२४ मत ल्याएर निर्वाचित भइन् । सोही पदमा मेखलाल श्रेष्ठ पनि विजयी भएका छन् । महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णु प्रसाद लामिछाने ५६४ मत ल्याएर निर्वाचित भए ।

सहमहामन्त्रीमा कोपिला रानाभाट ५९२, रमेश कुमार पाण्डे ६०५ र रामचन्द्र जोशी ५७० मत ल्याएर विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *