आदर्श सञ्चारको १५ औँ साधारण सभा : बानपा ३ र ४ को सकियो

नागरिकको जिवनस्तर उकास्न सहकारीको भूमिका प्रभावकारी छ : रजिष्ट्रार पराजुली

मन कुमारी केसी, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारण सभा अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ को छैठौँ एकाई सभा शुक्रबार बागलुङमा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी सबै क्षेत्रमा पुगेको भन्दै यसले नागरिकको जीवनस्तर उकास्न मद्दत पुगेको बताउनुभयो ।

उहाँले सहकारी कृषि, पर्यटन, व्यवसाय, सञ्चार लगायतका क्षेत्रमा जोडिएको बताउनुभयो । यसले समाज परिवर्तन सँगै पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सहकारी आम नागरिकको जीवनसँग जोडिएको भन्दै यसको यस मार्फत सबैको जीवन परिवर्तन हुने उहाँको भनाई छ ।

पराजुलीले आदर्श सञ्चारले सहकारी मार्फत आम नागरिकलाई सचेत बनाउनुका साथै शेयर सदस्यको जीवनस्तर उकास्न तर्फ लागेर अरुका सहकारीका लागि सिकाईको मध्यम भएको बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार रुद्रबहादुर महत, सूचना संचार तथा प्रकाशन उप–समिति सदस्य कोपीला कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका सचिव ललिता थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो । उहाँले २०७० सालमा बनेको रणनीतिक योजना अनुसार २०८० सालसम्को लक्ष्य पुरा हुन लागेकोले अब २० वर्षे रणनीतिक योजना बनाएर अगाडि बढ्ने तयारी रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक प्रेम छोटा, विश्नाथ रेग्मी, जुद्धराज पराजुली, मीना कुमारी पराजुली, काजी रोशन, तुलबहादुर केसी, कपुरजंग राजभण्डारीलाई जेष्ठ नागरिक भत्ता वितरण गरिएको थियो । सो अवसरमा संस्थाले अपांगता भएका शेयर सदस्यहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार विकल थापा, ढालेन्द्रबहादुर क्षेत्री, ममता कार्की, कृष्णकुमार आचार्य र विकास शर्मालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको थियो ।

त्यस्तै सर्वोत्कृष्ट बचत तर्फ कमलप्रसाद श्रेष्ठ, कमल लामिछाने, उत्कृष्ट बचत तर्फ गंगा केसी, शान्ति श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाल दीघकालिन तर्फ आहाना श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट परिवार तर्फ हिमालय प्रकाश श्रेष्ठ, भारती श्रेष्ठ, संकेत श्रेष्ठ, सार्थक श्रेष्ठ र चयनदेवी श्रेष्ठलाई सम्मान गरिएको थियो । शेयर वृद्धि तर्फ सर्वोत्कृष्ट हुने शेयर सदस्य शुरेसप्रसाद श्रेष्ठ र कर्मचारी तर्फ मनकुमारी केसीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, २९ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४३ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *