भजन महोत्सव शुरु, शालग्रामलाई विश्वसामु चिनाउन आवश्यक : सभामुख अधिकारी


–आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले लोपन्मुख अवस्थामा रहेको शालग्रामलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभयो ।

लोप हन थालेको लोकभजन जोगाउने उद्देश्यले बागलुङ नगरपालिका–४ कुडुँलेमा रेहेको श्रीधरआचार्य शालग्राम संग्रहालयको आयोजनामा आजदेखि शुरु भएको शालग्राम राष्ट्रिय लोक भजन महोत्सवको उद्घाटन पछि बोल्दै सभामुख अधिकारीले अबैध कालिगण्डकी दोहनले शालग्राम संकटमा पर्न थालेको बताउदै सालग्राम संरक्षणका गर्दै यसको महत्व विश्वसामु पु¥याउनुपर्ने बताउनुभयो । उहाँले शालग्राम संरक्षणका लागि शालग्राम संग्रहालय बनाइएकोमा खुसी व्यक्त गर्नुभयो ।

“अबैध कालिगण्डकी दोहनले कालिगण्डकी नदिमा मात्रै पाइने शालग्राम लोप हुने अवस्थामा छ तर कुडुँलेमा शालग्राम संरक्षणको अभियान, लोक भजनको संरक्षण गर्न थालिएको छ जुन अत्यन्तै सह्रानीय छ” सभामुख अधिकारीले भन्नुभयो “शालग्रमको संरक्षण गर्दै यसको महत्व विश्व सामु पु¥याउन सबै लागौं ।” अधिकारीले कालाञ्जर, शालग्राम संग्रहालय, गलेश्वर र मुक्तिनाथ लगायका कालिगण्डकी सभ्याता संग जोडिएका संरचनाको एकमुष्ट विकास गर्न गण्डकी प्रदेश सरकार अग्रसर भएको बताउनुभयो ।

बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रर्बद्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम भजन महोत्सव’ आयोजना गरिएको महत्वस आयोजक समितिका संयोजक राजु खड्काले बताउनुभयो । महोत्सवमा नेपालभरका ५० भजन समूहको भजन प्रदर्शन हुँने आयोजकको दाबी रहेको छ । भजन महोत्सव २८ गते सम्म चल्ने छ ।

संग्रहालयमा धार्मिक पर्यटक आर्कषण गर्न र शालग्रामको महिमा बढाउन भजन महोत्सव आयोजना गरिएको शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । प्रतियोगितामा प्रतिस्प्रधा हुने भएकाले खुल्ला रुपमा भजन आयोजना गरिएको उहाँको भनाई रहेको छ । भुमिगत रुपमा निर्माण गरिएको शालग्राम संग्रहालयमा सवालाख शालग्राम संग्रहित छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *