काँग्रेसमा आज मनोनयन दर्ता, कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

आदर्श अनलाइन, काठमाडौँ
नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि निर्वाचित समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

जसअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय भएको छ भने आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । काँग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।

निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

सभापतिमा देउवा र निधिको उम्मेदवारी घोषणा

सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित छ भने उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दिनेछन् । यस्तै रामचन्द्र पौडेल पक्षले भने हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । पौडेल समूह आज पनि एक पटक छलफलमा बस्नेछ भने त्यहाँ सहमतिको प्रयास हुनेछ । सो समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि सहमति हुन नसकेको हो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *