लोक भजनको जगेर्ना गर्दै बागलुङमा सकियो महोत्सव

आदर्श अनलाइन, बागलुङ
लोप हुन थालेको लोकभजन जगेर्ना गर्ने उद्देश्यले आयोजना गरेको प्रथम भजन महोत्सवमा ४२ भजन समूहले लोक भजन प्रदर्शन गरेका छन् । बागलुङ नगरपालिका–४ कुडुँले स्थित भूमिगत रुपमा निर्माण भएको शालग्राम संग्रहालयको आयोजनामा मङ्सिर २४ गते देखि २८ गते सम्म भजन महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवमा गोरखा, कास्की, म्याग्दी, पर्वत र बागलुङका ४२ भजन समूह सहभागी रहेको भजन महोतसव मूल आयोजक समितिका सह–संयोजक संगम क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार गोरखाबाट दुई भजन समूह, म्याग्दी बाट तीन भजन समूह, कास्कीबाट तीन भजन समूह, पर्वतबाट ६ भजन समूह र बागलुङबाट २८ भजन समूहको सहभागीता रहेको थियो ।

५० भजन समहूको भजन प्रदर्शन गर्ने लक्ष्य रहेको महोत्सवमा कोरोनाको नयाँ भेरियन्टको त्रासका कारण केही भजन समूह आउन नसकेपनि भजन महोत्सव अत्यन्तै सफल भएको भजन महोत्सव आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।

भजन महोत्सव अवधीभर भजन आयोजक समितिलाई रु. १२ लाख ७० हजार दान प्राप्त भएको आयोजक समितिका सह–संयोजक संगम घर्तीले जानकारी दिनुभयो । भजन महोत्सवमा सहभागी ४२ भजन समूहलाई रु. पाँच हजारका दरले यातयात खर्च उपलव्ध गराइएको छ । भजन समूहलाई यातयात खर्च स्वरुप रु. दुई लाख १० हजार खर्च भएको छ ।

भजन महोत्सवमा सहभागी भजन समूह तथा भक्तजनहरुलाई खाना र आवासको समेत व्यवस्था गरिएको थियो । भजन महोत्सव मुठ्ठि दानमा सञ्चालन गरिएको शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो ।

युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरण हुन नसक्दा भजन गुन्जिन छोडेको थियो । प्रतियोगितामा प्रतिस्प्रधा हुने भएकाले खुल्ला रुपमा भजन आयोजना गरिएको भजन महोत्सव आयोजक समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *