कोरोनाले जन्माएको पशु उद्यम : जस्ले विदेश विर्सायो


–खेमराज गौतम, बागलुङ

कोरोना कहर नहुन्थ्यो भने बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेराका गोबिन हमाल दुवई काम गरिरहनुभएको हुन्थ्यो । १५ वर्षदेखि दुबैमा हेभि इकुमेन्ट चलाउदै आउनुभएका गोबिन हमाल अहिले जैमिनी नगरपालिकाको कुस्मिशेरामा डेढ वर्ष देखि पशुपालन गर्दै आउनुभएको थियो ।

उहाँले १५ वर्ष दुवईमा बसेर रकम कमाउदा नपाएको सन्तुष्टी अहिले गाउँमै पशुपालन गर्दा मिलेको बताउनुहुन्छ । कोरोनाका कारण दुबैमा काम नभएपछि त्यहाँको कम्पनीले दुई वर्षको छुट्टि दिएर घर पठाएपछि दुई वर्ष के गरेर बस्ने भन्ने सोच आयो र तत्कालै भैसी फर्म खोल्ने निधोमा पुगेको हमालको भनाई छ । कोरोनाले रोजगारी गुमेर धेरै युवाहरु छटपटिएको समयमा गोबिनलाई भने नयाँ व्यवसाय सञ्चालन गर्ने सोच पलायो ।

भैसी फर्म खोलेपछि विदेश विर्सदै गएको र अब विदेश नजाने सोचमा पुगेको हमालको भनाई रहेको छ । हमालको गोठमा ११ भैसी, एक गाई, २५ वाख्रा र ५० कुखुरा रहेको छ । उहाँले हमाल कृषि तथा पशु फर्म दर्ता गरेर भैसी बाख्रा पाल्दै आउनुभएको छ । उहाँले केही क्षेत्रमा तरकारी खेती समेत गर्दै आउनुभएको छ ।

राम्रो योजना बनाएर लगानी गर्ने हो भने नेपालमानै केही गर्न सकिन्छ भन्ने सोच पलाएको गोबिन हमालले बताउनुभयो । “म त बिदेशमानै १५ वर्ष विताए, कोरोना नभएको भए अझै उतै हुन्थे विदेशमा पनी कमाई राम्रो थियो तर कोरोनामा दुई वर्ष छुट्टिमा आए त्यसै बस्न मनले मानेन उताबाट बोलाउला नबोलाउला आफ्नो व्यवस्था गर्नु पर्छ भनेर फर्ममा हात हाले” हमालले भन्नुभयो “अहिले दिनको ९० लिटर दूध उत्पादन पश्चात बजारमा आफै लगेर विक्रि गर्दछु, विदेशमा भन्दा परिवार संगै बसेर काम गर्दा निकै आनन्द लाग्यो अब यही काम गर्छु ।”

एक लाख ७० हजार देखि एक लाख सम्मका भैसी खरिद गरेर व्यवसाय शुरु गरेको हमालको भनाई छ । हमालका अनुसार विदेशमा गर्ने दुख नेपालमानै गर्ने हो भने विदेशमा भन्दा बढी रकम कमाउन सकिने रहेछ भन्ने महशुस भएको छ ।

हमालको व्यवसायमा श्रीमती खगी हमाल, छोरी विपना र छोरा पवन हमालले सहयोग गर्दै आउनुभएको छ । वार्षिक २० हजार भाडामा तीन रोपनी जग्गा लिएर फर्म स्थापना गरेको उहाँको भनाई छ । हमालले बिहानै उठेर कुस्मिशेरा बजारको घर–घरमा दूध पु¥याउदै आउनुभएको छ । “किसानहरुको दूध नबिकेको खबर त मैले सुन्दै आएको थिए, तर यहाँ त्यस्तो पाइन, मलाई दूध पु¥याउनै धौ धौ रहेको छ” हमालले भन्नुभयो “फर्ममा अब भैसी बढाउदै लैजान्छु, विक्रि नभएको दूधको घ्यु र दही बनाएर बिक्रि गर्ने योजना छ ।”

उहाँले स्थानीय पालिका जैमिनी नगरपालिकाबाट घाँस टुक्राउने र पानी तताउने औजार अनुदानमा पाएको बताउनुभयो । उहाँलाई अझै प्राविधिकहरुको सल्लाहको खाँचो नैछ । कोरोनाकै कारण आफू पशु उद्यमी बनेको उहाँको भनाई छ । उहाँले उत्पादन गर्नुभएका खसी बोका समेत स्थानीय कुस्मिशेरा बजारमा खपथ हुँने गरेको छ । हमालले आफूलाई विदेशबाट बोलाएपनि आफू नजाने बताउनुभयो । “अर्काको काम गर्दा केही समस्या परे हटाउदो रहेछ भन्ने लाग्यो आफै मालीक बन्ने कुरमा हाम्रो ध्यान जान जरुरी छ” हमालले भन्नुभयो “त्यसैले अर्काको जागिर भन्दा आफ्नै उद्ययम जाती रहेछ, अब कोरोनाका कारण समेत आफ्नो व्यवस्यामा फरक पर्दैन ।”

हमालले फर्ममा हाल सम्म ५० लाख लगानी गर्नुभएको छ । मासिक दुई लाख ४० हजार आम्दानी गर्दै आउनुभएको हमालले सबै खर्च कटाएर महिनाको एक लाख बचत गर्दै आएको सुनाउनुभयो । विदेशमा गर्ने दुख भन्दा नेपालमा केहीले बाख्रा, केहीले बंगुर त केहीले पशुपालन गर्नुपर्ने उहाँको सुझाव रहेको छ । आफूले अनुदानका लागि अपेक्षा राखेर फर्म नखोलेको हमालको भनाई छ ।

हमाल कृषि फर्म जस्ता नयाँ उद्यमीहरुका लागि नगरपालिकाले प्रोत्साहन स्वरुप औजारमा अनुदान दिदै आएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख लिला रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *