एमाले गण्डकी प्रदेश कमिटि बैठक : पार्टी प्रवेश अभियानलाई टोल टोलमा पु¥याउन आव्हान

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गण्डकी प्रदेश कमिटिले पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको सन्देश सहित पार्टी प्रवेश अभियानलाई टोल टोलसम्म पु¥याउन मातहतका सम्पूर्ण कमिटिहरुलाई आव्हान गरेको छ । पुस ४ गते पोखरामा सम्पन्न प्रदेश कमिटिको वैठकले मंसिर दोस्रो साता चितवनमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनको सन्देश आम समुदायमा पु¥याउनका लागि टोल टोलमा सन्देश सभा गर्न र पार्टी प्रवेश अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको मंसिर २५ र २६ गते सम्पन्न दोस्रो पूर्ण वैठकले आगामी ३ महिना महाधिवेशनको सन्देशसभा र पार्टी प्रवेश अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन र केन्द्रीय कमिटि वैठकबाट जसरी महाधिवेशनको सन्देश आम समुदायमा पु¥याउने, संगठन सुदृढिकरण गर्दै पार्टी प्रवेश अभियानलाई तिब्रता दिने निष्कर्षका साथ अगाडि बढेको छ, त्यही अनुसार प्रदेश कमिटिले अभियान बनाउन मातहतका कमिटिहरुलाई निर्देशन गरिएको एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले बताउनुभयो । प्रदेश कमिटिले थप कार्ययोजना बनाएर गण्डकी प्रदेशका सम्पूर्ण जिल्लामा अधिवेशनसंंगै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी भएको शर्माको भनाइ छ ।

एमालेले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन देशभर एकैसाथ गर्दैछ,, अध्यक्ष शर्माले भन्नुभयो जिल्ला र प्रदेश अधिवेशनको तयारीसंगै आम जनसमुयायका बीचमा पार्टीको दशौ राष्ट्रिय महाधिवशेनको सन्देश र पार्टी प्रवेश अभियानलाई एकैसाथ अगाडि बढाउदैछौ । पार्टीका जिल्ला तथा पालिका र वडा कमिटिहरुलाई केन्द्रको निर्देशन अनुसार योजना बनाएर अगाडि बढ्न प्र्रदेश कमिटिले आव्हान गरेको हो ।

आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेलाई स्पष्ट बहुमत सहित तीनवटै सरकारको नेतृत्वमा पु¥याउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अगाडि बढेको उहाँको भनाइ छ । नेकपा एमालेले नेतृत्व गरेको समयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा भएका काम, योजनाहरुको समिक्षा गर्ने तयारी भैरहेको पनि अध्यक्ष शर्माले बताउनुभयो । हामी एमाले नेतृत्वमा भएका कामहरुको प्रभावकारीताको अध्ययनको शिलशिलामा छौ, अध्यक्ष शर्माले भन्नुभयो– पुस मसान्तसम्ममा सबै तहबाट प्रतिवेदन माग गरी समिक्षा गर्ने र एमालेका तर्फबाट भएका कामहरुको श्वेतपत्र जारी गर्ने तयारीमा छौ । एमाले मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डा सहित अगाडि बढेको र एमालेकै नेतृत्वमा मुलुकमा परिवर्तन संभव भएको शर्माको दावी छ ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार प्रदेश कमिटिले जिल्ला तथा प्रदेश अधिवेशनको तयारी, सन्देश सभा र पार्टी प्रवेश अभियानलाई तिब्रताका साथ टोल टोलमा पु¥याउने, जिल्ला कमिटिको वैठक बसी जिल्ला भर एकैदिन प्रतिनिधि छनोट गर्न, प्रतिनिधि छनोटका लागि वडा निर्वाचन इकाइ बनाउन र प्रतिनिधिको मापदण्ड तय गर्न सम्बन्धित जिल्ला कमिटिलाई जिम्मवारी दिइएको छ ।

बैठकमा एमाले केन्द्रीय उपसचिव एव प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्थायी कमिटि सदस्य किरण गुरुङ, स्थायी कमिटि सदस्य खगराज अधिकारी, पोलिटव्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज जगत विश्वकर्मा, पोलिटव्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज मन कुमारी जिसी केसी लगायतले पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको सन्देश प्रवाहसंगै पार्टीका अधिवेशन र पार्टी प्रवेश कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन आव्हान गर्नु भएको थियो ।

सो अवसरमा प्रदेश कमिटिका अध्यक्ष शर्मालाई प्रदेश इन्चार्ज पद्मा अर्यालले र पदाधिकारीहरुलाई अध्यक्ष शर्माले सपथ ग्रहण गराउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *