लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग धौलागिरिका पाँच पालिकाको भगिनी सम्बन्ध

आदर्श अनलाइन, बागलुङ
लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ ।

बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका बीच संस्थागत सम्बन्ध कायम सहकार्य÷समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्दप्रसाद सुबेदीले बेनी नगरका नगरप्रमुख हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमशर्मा पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लबीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन फाउण्डेशनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धौलागिरिको समग्र विकासमा स्पेनबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *