सहकारीमार्फत समृद्धिका लागि जुटौँ : सांसद जिसी

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधिसभाका सदस्य मन कुमारी जिसी केसीले स्थानीय स्रोतको अधिकतम परिचालनका लागि सहकारीको प्रभावकारी व्यवस्थापन र सहकारीमार्फत समृद्धिका लागि जुट्न आम समुदायलाई आव्हान गर्नु भएको छ ।

काठेखोला गाउँपालिका वडा नं. ७ स्थित रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै सांसद केसीले समृद्ध समाज निर्माणका लागि स्थानीय स्रोतको अधिकतम परिचालनमा जोड दिनुभएको हो ।

कृषि, पशुपालन लगायत उद्यमशिलका क्षेत्रमा जनताको सक्रियता बढाउने, किसानले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरणलाई व्यवस्थित गर्न सहकारी र स्थानीय सरकारबीच समन्वय हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गराई उनीहरुलाई उत्पादन बढाउनका लागि आवश्यक सहयोग सहकारीले गर्ने, स्थानीय तह र सहकारी मिलेर बजारीकरण गर्न सके मात्रै स्थानीय स्रोतको अधिकतम परिचालन हुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष डिल बहादुर कार्की, काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछाने, आदर्श सञ्चार सहकारी संस्थाका लेखा संयोजक थानेन्द्र प्रसाद गौतम, रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापा, नेकपा एमाले रेशका अध्यक्ष भूमिराज गौतम, राहत शिक्षक संघर्ष समिति बागलुङका अध्यक्ष हरि बहादुर कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष उजेली शर्माको स्वागत र सञ्चालक सदस्य प्रजापति गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लेखा समितिका संयोजक कविता थापाले लेखा समितिको प्रतिवेदन र प्रवन्धक उषा थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१ सय २५ वटा समुहका ८ सय १७ जना शेयर सदस्य रहेको संस्थामा शेयर पूँजि ५६ लाख ६४ हजार, वचत २ करोड ३७ लाख, कर्जा लगानी ३ करोड ३० लाख रुपैया रहेको प्रवन्धक उषा थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *