हिउँले ढाकिए बागलुङको उच्चपहाडी क्षेत्र

डम्मर बुढा मगर, बागलुङ
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । मंगलबार साँझदेखि ढोरपाटनमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण ढोरपाटनका स्थानीयको जनजीवन कष्टकर भएको घर्तीको भनाई छ ।

No description available.

ढोरपाटन लगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण पशुचौपायालाई घाँस दान खुवाउन र कामकाज गर्न समस्या भएको निसीखोला गाउँपालिका वडा नम्बर ६ सीपका ओम घर्ती मगरले जानकारी दिनुभयो ।

No description available.

मंगलबार रातिदेखि उच्च पहाडी क्षेत्र भेगमा हिउँ परेको भए पनि अहिले सिप लगायतका तल्लो क्षेत्रमा पनि हिउ पर्न सुरु गरेको घर्ती मगरको भनाई छ । पर्यटकीय क्षेत्र गाजाको दह, ताराखोलाको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । हिमपातले बागलुङको उच्चपहाडी क्षेत्र ढाकिएका छन् ।

No description available.

बागलुङमा यो यस वर्षको पहिलो हिमपात हो । वर्षासँगै हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । लामो समयदेखि वर्षा नहुँदा खेत बारीमा लगाएको गहुँ बाली ओइलिने समस्या थियो ।

No description available.
No description available.

तस्बिर साैजन्य : शिशिर थापा/ ओम घर्ती मगर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *