बागलुङमा भिरबाट लडेर दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड वडा नम्बर २ जिमीका २४ वर्षीय कमल गिरी र सल्यानको कपुरवोट गाउँपालिका वडा नम्बर ६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको काम गर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

गिरीको पाईप लाईनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । महतराको आफु बस्ने क्याम्प नजिकै सानखोलामा शव भेटिएको प्रहरीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको हवारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *