पाँचौँ जिल्ला सभाबाट २० बुँदे प्रस्ताव पारित

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको पाँचौँ जिल्ला सभाले पूर्वी रुकुमसँगको सिमा विवादलाई मिलाउन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने प्रस्तावसहित २० बुँदे प्रस्तावहरु पारित गरेको छ ।

केही वर्ष अगाडीदेखि सुरु भएको बागलुङ र पूर्वी रुकुमको सिमा विवाद मिलाउन दुवै जिल्ला र पालिका स्तरीय प्राबिधिकसहितको टोलीले पटक–पटक छलफल गर्दा विवाद मिलाउन सकेको छैन । जिल्लाबाट यो विवाद मिलाउन नसकेपछि जिल्ला सभाले प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराई विवाद मिलाउने प्रस्ताव पारित गरेको हो ।

सभाले गाउँ/नगरपालिकाको केन्द्र तथा घना बस्ती भएका स्थानमा र राष्ट्रिय राजमार्ग आसपासमा निर्माण हुने पक्की घरुहरुको सरकारी मापदण्ड अनुसार जिल्लाभर एकरुपता कायम गर्ने प्रस्ताव पास गरेको छ ।

पालिकाको केन्द्र र मुख्य व्यापारीक केन्द्रसँग जोडिएका सडकहरुको स्तरोन्नती गर्ने र बाह्रै महिना सडक संचालन गर्न आवश्यक पहल गर्ने, म्याद गुज्रेका सामानहरु बेच बिखनमा रोक लगाउने र बजार अनुगमनलाई प्रभावकारी बनाउनु सम्बन्धित निकायलाई अनुरोध गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले ढोरपाटन जलाशाययुक्त परियोजना संचालनको सन्दर्भमा तयार भएको इआइए प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदन अध्ययन गरि आवश्यक सुझाव दिने र परियोजना अगाडी बढाउन सरकारलाई अनुरोध गर्ने प्रस्ताव पास गरेको जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

संयोजक ढुङ्गानाले राष्ट्रिय, प्रदेश र स्थानीय गौरवका आयोजनाहरुको संचालनमा भएको ढिलासुस्ती प्रति नागरिकको आजाव उठी रहेको भन्दै समयमै गुणस्तरीय काम सहित आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देश गर्ने बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानमा भएको आगलागी, बाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका नागरिकहरुलाई सबै पालिकाको समन्वय र सहकार्यमा राहत र पुनःस्थापनामा सघाउ पु¥याउने प्रस्ताव पारित भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *