फाइल तस्बिर
आदर्श अनलाइन, बागलुङ
बागलुङमा हालसम्म ८६ हजार ८९२ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । एक लाख ३८ हजार ७८२ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ५१ हजार ८९० जना दोस्रो डोजको पर्खाइमा छन् ।
जिल्लामा १८ वर्षमाथि उमेर समुहका एक लाख ५९ हजार ३०४ जना नागरिक रहेकाे र हालसम्म दुई लाख ४५ हजार ३७८ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयका खोप सुपरजाईजर राजु खत्रीले जानकारी दिनुभयाे ।
कोभिडशिल २१ हजार ९३९, भेरोसेल ५१ हजार ५९६, ज्यानसन १२ हजार २६६ र फाईजर एक हजार ५१ जनाले पूर्ण खोप पाएको खत्रीले बताउनुभयो । १८ वर्षमाथिका ८७ प्रतिशत नागरिकले पहिलो डोज खोप प्राप्त गरेका छन् । पूर्ण डोज पाउने नागरिकको संख्या ५४ प्रतिशत छ ।