बागलुङका होटल भरिभराउ : होटल व्यवसायी उत्साहित

आदर्श अनलाइन, बागलुङ
कोरोना महामारीमा निरास बनेका बागलुङका होटल व्यवसायी अहिले उत्साहित भएका छन् । नेकपा एमालेको नवौं अधिवेशन लक्षित गरी आउने प्रतिनिधिका कारण बागलुङ जिल्लाका होटलहरु भरिभराउ भएका छन् ।

यस अघि नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा समेत एक हप्ता बागलुङ बजारका सबै होटलहरु भरिभराउ भएका थिए । नेकपा एमालेकोे शुक्रबारदेखि शुरु भएको नवौं जिल्ला अधिवेशनका लागि गाउँ–गाउँबाट आएका प्रतिनिधिलाई लक्षित गरी होटलहरु बुकीङ भएपछि बागलुङका होटल व्यवसायीहरु समेत उत्साहित भएका छन् ।

कोरोनाका कारण थलापरेका होटल व्यवसायहरु ठूलादलका अधिवेशनका कारण चलयमान भएको जिल्ला होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । “एकरातमा बागलुङ बजारमा एक हजार २०० देखि एक हजार ५०० सम्म अटाउन सक्ने क्षमता हो, अहिले एमालेको जिल्ला अधिवेशन, पर्यटन सिजन, मुस्ताङबाट फर्केका पर्यटक तथा अध्ययन अवलोकनमा आएका पर्यटकका कारण होटलहरु भरिभराउ भएका छन्” राजभण्डारीले भन्नुभयो “अहिले धमाधम ठूला पार्टीका अधिवेशन, कोरोनाले बनद भएका पर्यटकीय क्षेत्रमा पर्यटकहरु आउने, बागलुङ कालिका, पञ्चकोट घुम्न आउने पर्यटकहरुका कारण बागलुङको पर्यटन व्यवसाय चलायमान भएको छ ।”

एमाले नवौँ जिल्ला अधिवेशनमा सहभागी जिल्लाका ८५ वटा वडा, दश स्थानीय तह, जिल्ला कमिटी र जनवर्गीय संगठनबाट कुल ६०३ जना प्रतिनिधि, अतिथि र सुभेच्छुक नेता कार्यकता गरी झण्डै एकहजार नेता कार्यकर्ता बागलुङ बजारमामा छन् ।

बागलुङ नगरपालिका बाहेकका क्षेत्रबाट आउने महिला प्रतिनिधिहरुका लागि अखिल नेपाल महिला संघले घरमै व्यवस्थापन गर्ने र अन्य प्रतिनिधि, अथिति लगायतलाई होटलमा कोठाहरु दुई दिनका लागि बुकिङ गरिएको नेकपा एमालेका नेता तथा आवास व्यवस्थापन समितिका संयोजक गणेश थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार ४१९ पुरुष प्रतिनिधिका लागि पार्टीले होटल बुकिङ गरेको र बागलुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका प्रतिनिधि, प्रदेश कमिटिका सदस्य, केन्द्रिय सदस्य, जनप्रतिनिधिहरुले आफ्नो ढंगले होटल व्यवस्थापन गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *