एमाले बागलुङको सदस्यमा तीन जना सर्वसम्मत चयन

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको नवौँ जिल्ला अधिवेनबाट भूगोल तर्फको सदस्यमा ताराखोला गाउँपालिकाबाट तीन जना सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यमा चयन हुनेमा धनप्रसाद बुढा, हर्कबहादुर विक र टिकादेवी पुन रहेका छन् ।

शुक्रबारदेखि देशैभर एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । बागलुङको जिल्ला अध्यक्षमा वर्तमान कार्यवाहक अध्यक्ष कृष्ण पाठक, प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र प्रदेश सदस्य ममतादेवी शर्माले दाबी गरेका छन् ।

अन्य पदममा पनि दजनौँ नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । नेतृत्वसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मतिमै टुङ्याउने एमाले बागलुङका एक नेताले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *