–आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङको नवौं महाधिवेशनमा मनोनय दर्ता सकिएको छ । जसमध्ये सचिव पदमा एक जनाको मात्रै उम्मेदवारी परेको नेकपा एमाले नवौं महाधिवेशनका निर्वाचन अधिकृत हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँले सचिव पदमा एमाले नेता विष्णु भुषालको मात्रै उम्मेदवारी परेको बताउनुभयो । आवश्यक पदभन्दा बढी उम्मेदवारी नपरे सर्वसम्मत हुँने निर्वाचन समितिले जनाएको छ । यद्यपी निर्वाचन समितिले आधिकारिकरुपमा मनोनयन दर्ता भएको नामावली सार्वजनिक गरिसकेको छैन । उम्मेदवारी दोहोरो पर्न सक्ने भन्दै रुजूगरेर मात्रै नामावली सार्वजनिक गरिने छ ।