आदर्श अनलाइन, बागलुङ
जिल्लाको बागलुङ नगरपलिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । बागलुङ नगरपालिकाले नगरका कक्षा १ देखि ८ सम्म लागू गर्नेगरी ‘हाम्रो समृद्ध बागलुङ’ नामक पाठ्यक्र तयार गरेको हो ।
नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम २०७८ लागु गर्ने तयारीमा रहेको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाठ्यक्रम नगरका सबै विद्यालयमा पठाउने तयारी गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
“स्थानीय सरकार सञ्चालन ऐन २०७४को व्यवस्था अनुसार आफ्नै पाठ्यक्रम तयार पारेको हो, अब त्यसै आधारमा पाठ्यपुस्तक निर्माण गरिनेछ” नगर प्रमुख पौडेलले भन्नुभयो “बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालयमा लागू गर्ने अभिप्रायले पाठ्क्रम विकास गरिएको हो, जस्कारण नगरपालिकाको पेशा, व्यवसाय, मूल्य, मान्यता, कला र संस्कृतिको पहिचान र तिनको संरक्षण र संवद्र्धन गर्ने कार्यलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९मा रु. तीन लाख बिनियोजन गरेको र त्यही बजेटबाट पाठ्यक्रम तयार गरिएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
“नगर भित्रका विद्यार्थीलाई बागलुङ नगरपालिकाको भूगोल, पर्यटन, संस्कृति र बातावरण लगायतको विषयमा जानकारी हुन आवश्यक छ” नगर शिक्षा अधिकृत पोखरेलले भन्नुभयो “आफ्नो मतृभूमिको बारेमा जानकारी लिई त्यसको विकास गर्ने भावना जगाउन पाठ्यक्रमले सहयोग गर्नेछ, अब यसैका आधारमा शिक्षण क्रियाकलाप तथा पाठ्यपुस्तक बनाएर अध्यापन गराउन जरुरी छ ।”
नगरपालिकाको कला, संस्कृति, भूगोल, खानी, जडिबुटी,कृषि, वन पैदावार र प्राकृतिक स्रोतको विषय पाड्यक्रमले निदृष्ट गरेको छ । समेटिएको छ । पाठ्यक्रम नगर शिक्षा अधिकारीको संयोजकत्वमा चार जना लेखन विज्ञ समूह, पाँच सल्लाहकारक समूह र सात स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्क्रम तयार गरेको हो ।
स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न सक्ने संवैधानिक व्यवस्थाअनुसार नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा स्थानीयदेखि राष्ट्रिय विज्ञको रायसुझाव लिइएको थियो ।
यस अघि जिल्लाको तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले स्थानीय पाठ्य क्रम हाम्रो तमानखोला र हाम्रो बरेङ नामक पाठ्क्रम तयार पारिसकेका छन् ।