–खेमराज गौतम, बागलुङ
नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सहमतीको प्रयास अन्तत विफल भएको छ ।
सहमतीको प्रयासका लागि शनिबार देखि शुरुभएको निर्वाचन प्रकृयामा आइतबार दिउँसोबाटमात्रै मतदानमा गएको छ ।
दुई पदाधीकारी, २४ खुल्ला पुरुष सदस्य, दूई अल्पसंख्यक र काठेखोला गाउँपालिकाको भूगोल तर्फ २ पद गरी जम्मा ३० पदका लागि निर्वाचन भइरहेको निर्वाचन अधिकृत राम शर्माले बताउनुभयो ।
भूगोल तर्फ काठेखोला गाउँपालिका बाहेक सबै पालिकाबाट सर्वसम्मत भएको छ । एमाले जिल्ला अध्यक्षमा तीनजनाको प्रतिस्प्रर्धा रहेको छ । अध्यक्षका लागि एमाले बागलुङका कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिरा केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको प्रतिस्प्रधा रहेको छ ।
यस्तै दुई उपसचिव पदमा छ जनाको प्रतिस्प्रधा रहेको छ । दुई उप–सचिव पदका लागि भने छ जनाको प्रतिस्प्रर्धा भएको छ । उपसचिवमा एमालेका नेता राम बहादुर जिसी, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, ८ का अध्यक्ष चित्र कला छन्त्याल, बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश बहादुर थापा मगर र गलकोट नगरपालिका ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीष बीच दुईपदमा प्रतिस्प्रधा भएको छ । उपसचिवका उम्मेदवार गणेश कुमार थापाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
यस अघिनै नेकपा एमाले सचिवमा विष्णु भूसाल सर्वसम्मत भइसक्नुभएको छ भने एमाले उपाध्क्षमा राम बहादुर जिसीले उम्मेदवारी फिर्ता लिएपछि लक्ष्मण पुन सर्वसम्मत हुनुभएको छ ।
यस्तै २४ खुल्ला पुरुष पदमा ३६ जनाको प्रतिस्प्रधा रहेको छ । भूगोलतर्फ काठेखोला गाउँपालिकाको २ सदस्य पदमा छ जनाको प्रतिस्प्रधा र अल्पसंख्यक २ पदमा ५ जनाको प्रतिस्प्रधा रहेको छ ।