एमाले बागलुङको अध्यक्षमा हिरा केसी निर्वाचित

–खेमराज गौतम, बागलुङ
नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनु भएकाे छ। केसीले ३२९ मत ल्याएर निर्वाचित हुनुभएको एमाले बागलुङका निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयाे । एमाले अध्यक्षमा तीन जनाको प्रतिस्प्रधा रहेको थियो । एमाले अध्यक्षका अर्का प्रत्यासी कृष्ण
पाठकले २२८ मत र मेहर सिंह पाइजाले ३४ मत प्राप्त गरेका गर्नुभएकाे छ।

६३६ मतदातामा आइतबार भएको मतदानमा ६०२ मत मात्रै खसेको थियो । निर्वाचनमा ११ मत बदर भएको थियो । एमालेको अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा मात्रै निर्वाचन भएको थियो । एमालेको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल सर्वसम्मत चयन भइसकेका छन् । यस्तै नेकपा एमालेको उपसचिवमा गणेश थापा र डम्मर बहादुर श्रीस
विजयी हुनुभएकाे छ ।

निर्वाचनमा थापाले २९९ र श्रीसले २२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत राम शर्माले जानकारी दिए.नुभयाे । दुई उपसचिव पदमा ६ जनाको प्रतिस्प्रधा रहेको थियो । उपसचिवमा प्रतिस्प्रधा गर्ने प्रेम लामिछानेले १०७, नेत्र विष्ट ११३, चित्राकला श्रीसले १५९ र राम बहादुर जिसीले १६४ मत प्राप्त गरेका छन्।

यो पनि पढ्नुहोस्