आदर्श अनलाइन, बागलुङ
बागलुङमा राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्ती मूल समारोह समिति बागलुङको आयोजनामा वीरेन्द्र ऐश्वर्य पार्कमा आयोजित कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताएका थिए ।
नेपाल एकीकरण गरेर पृथ्वीनारायण शाहले राष्ट्रका लागि ठूलो योगदान पु¥याएको भन्दै पृथ्वीनारण शाहलाई सधै सम्झनुपर्ने बताएका थिए । शाहको योगदानको विषयमा राज्यको समेत वेवास्था हुँदै गएकाले नागरिकस्तरबाटै उहाँको योगदानको उच्च कदर गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचनले राज्यले पृथ्वी नारयणशाहको योगदान भुल्दै गएको बताउदै उहाँको योगदान जनताले भुल्न नहुँने बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता विष्णु सापकोटा, शिक्षासेवी मेघराज पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका ३ गुठीका अध्यक्ष लिलादेवी खड्कालाई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो । कार्यक्रम पृथ्वी जयन्ती मुल समारोह समितिका संयोजक शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र सचिव सुदर्शन पन्तको संचालनमा सम्पन्न भएको थियो ।
१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गर्नुभएकाले उहाँलाई धेरैले राष्ट्र एकिकरणका नायकका रुपमा लिइदै आइएको छ ।
यस्तै पृथ्वी जयन्तीको अवसरमा बागलुङ धौलागिरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो भने मानव सेवा आश्रममा रहेका आश्रीतहरुलाई फलफूल वितरण गरिएको छ । बागलुङमा पृथ्वी नारयणशाहलाई नागरिक स्तरबाटै स्मरण गर्नका लागि शैलेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा पृथ्वी जयन्ती मूल समारोह समिति गठन गरिएको छ ।
पृथ्वी जयन्तीको अवसरमा बागलुङ नगरपालिकाले नगरपालिका भित्र रहेका विद्यालय, संघसंस्था, वडा कार्यालयमा समेत सार्वजिनक विदा दिएको छ ।