साधना पन्त, बागलुङ
अहिले देशका ठूला पार्टी नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीकोे वडा देखि केन्द्र सम्म नयाँ नेतृत्व चयन भएका छन् । नयाँ नेतृत्व आउँदै गर्दा युवाहरुले मुलधारको राजनीतिमा राम्रै स्थान पाएको देख्न सकिन्छ ।
केही समय पहिला मात्र नेपाली कांग्रेस बागलुङको नेतृत्वमा युवा नेता जित शेरचन निवाचित हुनु भएको छ । नेपाली कांग्रेस बागलुङ बाट देशकै कान्छी प्रतिनिधी उषा सापकोटाले बहुमत लिई गण्डकी प्रदेश निर्वाचनमा भाग लिनुभएको छ ।
भर्खर मात्र नेकपा एमाले बागलुङको जिल्ला अधिवेशनमा जिल्लाकै कान्छी जिल्ला सदस्य आकृती भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । एमालेको सबै पदाधीकारी नै युवा देख्न सकिन्छ । यसले गर्दा राजनीतिमा युवाहरुको आकर्षक बढेको देख्न सकिन्छ । युवालाई पार्टीको भात्री संगठनमा मात्र समित हुनुपर्दछ भन्ने सोचाइलाई चिर्दै युवाहरु पार्टीको मुलधारको राजनीतिमा लागेका छन् ।
बागलुङ जिल्लामा नेकपा एमालेको जिल्ला कमिटिमा १ सय ५ जना निवार्चीत हुनुभएको छ । जसमध्ये निवार्चीत कमिटिमा अधिकांस युवाहरु हुनुहुन्छ । भर्खर मात्र नव–निर्वाचित नेकपा एमाले बागलुङका अध्यक्ष हिरा केसीले राजनीतिले समाजका हरेक क्षेत्रलाई नेतृत्व र दिशा निर्देशन गर्ने भन्दै पछिल्लो समय व्यतिथि, बिसंगती छरिएको समयमा युवाहरले राजनीतिलाई सुदृढिकरण गरेर राजनीतिबाटै समाजलाई अग्रगमन तर्फ लानको लागि युवाहरु राजनीतिमा आकर्षण भएको बताउनुभयो ।
उहाँले युवाहरुले मुल नीति निमार्ण गर्ने स्थानमानै आफ्नो प्रभाव बिस्तार गरेर युवाको दृष्टीकोण राजनीति मार्फत समाजमा लागु गर्नका लागी युवाहरु मुलधारको राजनीतिमा आएको केसीले बताउनुभयो । केसीले तीनजनाको प्रतिस्प्रधामा ३२९ मत लिएर निर्वाचित हुनुभएको हो ।
केसीले नेकपा एमाले बागलुको जिल्ला समितिमा २५ प्रतिशत युवाहरु रहेको भन्दै पदाधिकारीमा ६० प्रतिशत जनजाती र कमिटिमा ३३ प्रतिशत महिला रहेको बताउनुभयो । उहाँले बागलुमा मात्र नभएर देशभरीनै नेकपा एमालेको राजनीति गर्न युवा र महिलाहरु आकर्षण भएको बताउनुभयो ।
भर्खर मात्र निवार्चीत नेकपा एमाले बागलुङका जिल्ला सचिव विष्णु भुषालले सर्वसम्मत भन्दा लोकतान्त्रीक प्रणालीबाट कमिटि बनाउदा धेरै नयाँ र युवाहरुको पङ्तीले अबसर पाउने बताउनुभयो । उहाँले सर्वसम्मत गर्दा पुरानै र अनुभवी भनी जिम्मेबारी दिने गरिएता पनि चुनाबी प्रक्रियामा आउदा अनुभवी साथै नयाँ र ताजा जनादेशले जिम्मेबारी पाउने बताउनुभयो ।
आगामी दिनमा नेकपा एमाले बागलुङले फरक तरिकाले जिल्लामा एमालेलाई पहिलो स्थानमा स्थापीत गर्न महत्वर्पुण भुमिका खेल्ने र नयाँ युवाहरुको सोचलाई समेटेर एमालेलाई थप उचाईमा पु¥याउने भुषालले बताउनुभयो । तर बागलुङ एमालेको पदाधीकारीमा भने महिला अटाउन नसक्नुमा एमालेप्रति आलोचना भएको छ ।