डम्मर बुढा मगर, बागलुङ
जब असार मसान्त लाग्छ, तब स्थानीय सरकारहरु सम्झौता र योजना निर्माणमा लाग्छन् । यो पुरानै प्रवृत्ति हो । जसलाई असारे विकास रुपमा लिइने गरिन्छ । हतारको काम टिकाउ हुने कुरै भएन । वर्षा सुरु भएसँगै विकास निर्माणका काम सुरु गरिने परम्परा जुन छ, त्यसले विकासको नाममा विनास गरि राखेको छ । यस बेला हुने सबै विकास वर्षाको भलसँगै बग्ने गरेको छ ।
बागलुङमा पनि यो प्रवृत्ति हाबी छ । अधिकांश पालिका तथा वडाहरुले वर्षातको सम्मुखमा आएर आयोजनाको सम्झौता र योजना निर्माणमा लाग्छन् । तर केही वडा तथा पालिकाले असारसम्म कबिर सबै योजना सकेका पनि छन् । त्यस मध्ये जिल्लाको गलकोट नगरपालिका वडा नम्बर २ ले पनि फागुन मसान्तमै सक्ने गरि आयोजना कामहरु गरि रहेको छ ।
गलकोट नगरपालिका वडा नम्बर २ सुरुको वर्षदेखि समयमै योजना सम्पन्न गर्ने मध्येमा पर्छ । चालु आर्थिक वर्षमा साना तथा ठूला गरि यस वडामा १४ वटा योजना परेको वडा अध्यक्ष हिमबहादुर भण्डारी ‘हेमन्त’ जानकारी दिनुभयो । उहाँले समयमै सबै योजना सक्ने गरि काम गरेको भन्दै अहिलेसम्म ६५ प्रतिशत योजना सम्पन्न भइसकेको बताउनुहुन्छ ।
‘हाम्रो वडामा सुरुको वर्षदेखिनै समयमै योजना सक्दै आएका छौँ, यस वर्ष अल्ली छिटो सक्ने सरि काम भइरहेको छ, फाल्गुनसम्म सबै योजनाहरु सकिन्छ, चालु आर्थिक वर्षमा नगरपालिबाट १४ वटा योजना परेको छ, त्यस मध्ये अधिकांश योजना सकि सकेका छन्,’ वडा अध्यक्ष भण्डारीले भन्नुभयो ‘काम तीव्र गतिमा भइरहेको छ, किना ढिलो गर्नु सम्झौता गरे लगत्तै काम थालेको अहिले पनि निरन्तर चलिराछ ।’
चालु आर्थिक वर्षमा गलकोट नगरपालिकाले यस वडामा ८२ लाख रुपैयाँ विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । यो बजेटबाट वडाका विभिन्न सडकहरु स्तरोन्नती, नाली निर्माण लगायतका काम भइरहेको अध्यक्ष भण्डारीले बताउनुहुन्छ । उहाँले स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रमा पनि काम भइरहेको बताउनुभयो ।
‘नागरिकको आधारभूत आवश्यकलाई मध्यजनर गर्दै विकास निर्माण अगाडी सारेका छौँ, कम्तीमा पनि नागरिकले विकासको अनुभूति गराउने हाम्रो प्रयास हो, अहिले वडाको सबै गाउँहरुमा सडक पुगेको छ भने स्तारैन्नतीको काम पनि तीव्र गतिमा भएको छ,’ उहाँले भन्नुभयो ‘पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, वडामा अझै केही काम गर्न बाँकी छ, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायत नागरिकसँग प्रत्यक्ष जोडिने विकासका कामहरु गरेका छौँ ।’
अध्यक्ष भण्डारीले वडाको सबै गाउँसम्म ट्याक्सी चल्ने गरि सडक स्तरोन्नती भएको भन्दै सडकमा उल्लेख्य काम भएको बताउनुहुन्छ । चालु आर्थिक वर्षमा नरेठाँटी–तोरीखोला सडक स्तरोन्नतीसँगै करिब एक किलोमिटर मिटर निर्माण समेत गरेको उहाँको भनाई छ । बाह्रै महिना सडक संचालनका लागि राम्चे, छाप र छबिसे जोड्ने सडकको अन्तरगतको कल्लेरी घाटमा कल्भट निर्माण गरेको भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै यसै वर्ष पद मार्ग समेत निर्माण गरेको उहाँको भनाई छ । विभिन्न स्थानमा करिब ७०० मिटर पदमार्ग निर्माण भएको उहाँले बताउनुभयो । मौरीया–थुम्का, नरेठाँटी–जसपुर, मध्यपहाडी लोकमार्गदेखि प्रहरी चौकी जोड्ने र ग्रामीण सडकदेखि झाँक्री गाडे जोड्ने पद मार्ग निर्माण गरेको उहाँको भनाई छ ।
‘यस वर्ष पूर्वाधार निर्माणमै बढी जोड दिएका छौँ, स्वास्थ्य, शिक्षा क्षेत्रमा मर्मत सम्भार बढी भएको छ, सडकको स्तरोन्नती मात्रै भएको छ, ट्रयाक खोल्ने काम सबै सकिएको छ, अहिले वडाको सबै बस्तीसम्म ट्याक्सी पुग्न सक्छन्, सडक राम्रो बनेको छ, वडा भर बाह्रै महिना सडक संचालन गर्ने गरि कल्लेरी घाटमा कल्भट निर्माण गरेका छौँ,’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘अप्ठ्या गारेटोबाटोहरु भएको ठाउँमा पदमार्गमा निर्माण गरेका छौँ, स्वास्थ्य चौकी र विद्यालयहरुमा फर्निचर व्यवस्थापमा गरेका छौँ यसले सेवा प्रवाहमा टेवा पुगेको छ ।’