संकल्प सहकारीकाे दशौँ स्थापना दिवसमा मानवसेवा आश्रमलाई एक लाख सहयोग

आदर्श अनलाइन, बागलुङ
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिडेट बागलुङले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । सहकारीले आफ्नो दशौँ स्थापना दिवस अवसरमा मानन सेवा आश्रम बागलुङको भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले एक लाख एक हजार १११ रुपैयाँ सहयोग गरेको हो ।

यस सहकारीले शेयर सदस्यको जीवनस्तर उकास्नुका साथै परोपकारी क्षेत्रमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष रेशम बहादुर आलेले बताउनुभयो । उहाँले समाजमा समस्यामा परेका नागरिकको उद्धार र उत्पादन क्षेत्रमा लाग्ने शेयर सदस्यका लागि संस्थाले सहयोग गर्दै आएको अध्यक्ष आलेले बताउनुभयो ।

गत वर्ष पनि संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको थियो । हरेक वर्ष सहकारीले आफ्नो स्थापना दिवसमा समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका खेलेका संघ संस्थाहरुलाई सहयोग गर्दै आएको आलेको भनाई छ ।

स्थापना दिसवको अवसरमा संस्थाका संचालक तथा कर्मचारी बीच अन्तरक्रिया कार्यक्रम पनि भएको छ । संस्थालाई थप मजबुत बनाउन, संस्थाबाट प्रवाह हुने सेवा सुविधा र थप प्रभावकारी व्यवस्थापनका विषयमा अन्तरक्रिया भएको संस्थाका शिक्षा समिति संयोजक मनबहादुर थापा ‘मनिष’ले बताउनुभयो ।

सो अवसरमा कर्मचारीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेशमबहादुर आलेको अध्यक्षता, सह–सचिव किशोर थापाको स्वागत र सचिव रेम पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *