बागलुङमा बुस्टर खोप दिन सुरु

आदर्श अनलाइन, बागलुङ
कोरोनाको तेस्रो भेरिएन्ट ओमिक्रोनको जोखिम बढेपछि बागलुङमा पनि बुस्टर डोज खोप दिन सुरु गरिएको छ । सोमबारदेखि जिल्लाको १० वटै पालिकामा बुस्टर डोज दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने पाँच हजारलाई बुस्टर खोप दिइने स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

खत्रीले पहिलो चरणमा स्वास्थ्यकर्मी, संचारकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक लगायतका अग्रपंतिमा खटिने नागरिक र दोस्रो चरणमा ६० वर्षमाथिका र रोगप्रतिरोधात्मक क्षमता कम भएका नागरिकलाई बुस्टर डोज दिने बताउनुभयो ।

‘जिल्लाको दश वटै पालिकामा खोप अभियान सुरु भएको छ, पहिलो चरणमा अग्रपंतिमा खटिनेलाई बुस्टर डोज दिइने छ, जसमा जिल्लाभर पाँच हजारले पहिलो चरणमा यो खोप लगाउने छन्,’ खोप सुपरभाइजर खत्रीले भन्नुभयो ‘दोस्रो चरणमा ६० वर्षमाथिका र रोगप्रतिरोधात्मक कम भएका नागरिकलाई दिइने छ, विस्तारै दास्रो खोप पाएर ६ महिना पुरा भएका सबैले बुस्टर डोज पाउने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *