१५ शैयाको नगर अस्पताल शिलान्यास

आदर्श अनलाइन, बागलुङ
लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकामा १५ शैयाको नगर अस्पताल निर्माण अघि बढेको छ ।

नगर अस्पताल भवनको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ ।

बागलुङ नगरपालिकाले पैयुपाटामा नगर अस्पताल निर्माणका लागि लामो समय प्रयास पहल र जग्गा व्यवस्थापन गरेपनि नेपालका सबै पालिकामा नगर अस्पताल शिलान्यास गर्ने समयमा बजेट निकास बागलुङ नगरपालिकाको मुलपानीमा भएपछि बीवाद भएपछि उक्त समयमा भवन निर्माण अघि बढेको थिएन । बागलुङ नगरपालिका–१३ पैयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालको नामाकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माण शुरु गरेको छ ।

“सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शैयाको नगर अस्पताल निर्माण गर्ने लक्ष्यरहेको थियो, त्यस बेला जिल्लाका अन्य पालिकामा अस्पताल निर्माणको थालनी भयो, हाम्रोमा स्थानमा फरक प¥यो जग्गा व्यवस्थापन पैयुपाटामा भएका कारण त्ययही अस्पताल बनाउन पहल ग¥यौं पछि त्यही स्थानका लागि बजेट बिनियोजन भएर आयो” नगर प्रमुख पौडेलले भन्नुभयो “अस्पताल भवन निर्माण गदैै जाने नगर अस्पतालले सेवा पनि दिदै जानेगरी पैयुँपाटा स्वास्थ्यचौकीलाई अस्पतालको नामाकरण गरिसकेका छौं, डाक्टर ल्याउन बजेट समेत छ पहल भइरहेको छ ।”

१५ शैयाको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभी संग २०७८ असार २३ गते रु. १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० सालअसार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । रु. २४ करोडको डिपिआर गरेको अस्पतालको अहिले मुख्य भवन निर्माण गर्न थालिएको छ ।

अस्पतालको प्रवेशद्वार, पार्कीङ लगायतका संरचना भने यसै ठेक्कामा बन्ने इन्जिनियर शर्माको भनाई छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माण संगै स्वास्थ्य सेवा लिन सहज हुँने बागलुङ नगरपालिका–१३ पैयुपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

वडा अध्यक्ष पौडेला अनुसार स्थानीयको रु. नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पासगरेपछि अस्पताल निर्माण अघि बढेको छ । १५ शैयाको अस्पताल निर्माण गर्न स्थानीय पालिकाले नौं रोपनी जग्गा व्यवस्थापन गर्ने प्रावधान अनुसार जग्गा व्यवस्थापन भएको थियो ।

ठेक्का सम्झौता अवधी भित्रै नगर अस्पतालको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि रविन महर्जनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *