१४५ कृषकलाई ८१ लाख अनुदान

आदर्श अनलाइन, बागलुङ
कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन शुरु गरेको छ । गण्डकी प्रदेशको अन्र्तगतको बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८/७९ स्विकृत गरेको अनुदान मध्ये २३ कृषकका फर्मलाई क्षेत्रफलका आधारमा अनुदान स्विकृत गरेको छ ।

केन्द्रले क्षेत्रफलका आधारमा अनुदान संगै कृषिमा यन्त्रिकरण, रैथाने बाली प्रर्बद्धन, स्थानीय कृषि उपज संकलन केन्द्र (हाट बजार), फलफूल बगैचा सुधार, साना सिचाई कार्यक्रम र फलफूल नर्सरी स्थापनाका लागि १४५ कृषक, फर्म, सहकारी तथा समूहलाई रु.८१ लाख ७५ दिन स्विकृत भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रले क्षेत्रफलका आधारमा यस वर्ष २३ कृषकलाई ८ लाख अनुदान दिन थालेको छ । “कृषकहरुले खाली जग्गामा लगाएको तरकारी तथा फलफूललाई प्रति रोपनी तीन हजारका दरले अनुदान, टर्नेलभित्र लगाएपछि एक सय वर्गफिटको रु.तीन हजारका दरले अनुदान दिन थालेका छौं” भट्टराईले भन्नुभयो “अनुदानमा लापरर्वाही नहोस भन्नका लागि तरकारी तथा फलफूल लगाएको क्षेत्रफल नामपेर अनुदान दिन थालिएको हो, यो संगै जिल्लाका चार स्थानमा कृषि उपज संकलन केन्द्र ६८ जनालाई कृषि यन्त्र, रैथाने बाली प्रर्बद्धन, फलफूल नर्सरी स्थापना र फलफूल बगैचा सुधार लगायतका कार्यक्रमका ११९ किसान, फर्म, सहकारी तथा समूहलाई अनसदान दिनथालिएको छ ।”

अहिले अनुदानका लागि धमाधम सम्झौता भइरहेको छ । गण्डकी प्रदेश सरकारको बजेट अन्र्तगत अनुदान दिने कार्यक्रम शुर भएपनि संघीय सरकारका लागि अनुदान स्विकृतका लागि फर्म, सहकारी हरुको अध्ययन भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत कुमार पुन मगरले जानकारी दिनुभयो ।

मगरका अनुसा फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका सिगानाको गाउँवेशी पोल्टी फर्म, तित्याङको गैराफाँट फलफूल तथा नर्सरी, जैमिनीको पाही कृषि तथा पशुपनछी फर्म र कुडुलेको कुडुले कृषि फर्मलाई रु. एक लाख ५० हजारका दरले अनुदान स्विकृत गरिएको, रैथाने बाली प्रर्बद्धनका लागि विनियोजन भएको रु. चार लाख बजेटबाट रेशको बैनथाना कृषि समूह, लेखानीको पसल टोल कृषक समूह, गलकोटको घुम्टे महिला कृषक समूह, गकोटकै व्यावसायिक कृषि उत्पादन तथा वितरण केन्द्र र ढोरपाटनको सिमलचौर कृषि तथा पशुपन्छी कृषक समूहले अनुदान पाएका छन् ।

यस्तै रु. १५ लाख बजेट विनियोजन भएको कृषि उपज संकलन केन्द्रबाट चार समूहले अनुदान पाएका छन् । अनुदान पाउनेमा गुहेली सञ्चार सहकारी, देविस्थान बहुउदेश्यीय सहकारी, गणेश कृषि सहकारी र दगातुन्डाँडा कृषि सहकारीलाई स्विकृत गरिएको छ । यस्तै साना सिचाई कार्यक्रम अन्र्तगत विनियोजन भएको रु. ३६ लाख बजेटबाट २६ समूहले ५० हजार देखि २ लाख सम्मको अनुदान पाउने भएका छन् ।

यस्तै व्यवसायिक फलफूल बगैचा सुधार कार्यक्रम अन्र्तगत १५ किसानले रु. २५ हजारका दरले अनुदान पाउन थालेका छन् । यस्तै कृषि यनिक्रकरण अन्र्तगत मिनि टलेर हलो, कुटानी पिसानी र कटर लगायतमा अनुदान दिन थालिएको छ । वास्तविक किसान, यस अघि अनुदान नपाएका, व्यवसायिक रुपमा सफल भइसकेका जस्ता मापदण्डको आधारमा योजना स्वृकत गरेर अनुदान दिन थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *