बागलुङमा एकैदिन ४६ संक्रमित थपिए


–आदर्श अनलाइन, बागलुङ

पछिल्लो २४ घण्टामा बागलुङ जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३६ पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा हाल सम्म कुल२८ हजार ४३२ जनामा गरिएको परिक्षण बाट ८ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये मध्ये ७ हजार ८५१ जनाले कोरोना संक्रमणलाई जितेका छन भने ७२ जनाको संक्रमणकै कारण दुःखद् निधन भएको छ ।

अहिले बागलुङ नगरपालिकामा ७७ जना, गलकोेट नगरपालिकामा २३ जना, जैमिनी नगरपालिकामा ४ जना, काठेखोला गाउँपालिकामा २ जना, बरेङ गाउँपालिकामा १३ जना, तमानखोला गाउँपालिकामा २ जना, ताराखोला गाउँपालिकाम ५ जना, बडिगाड गाउँपालिका ४ जना र बाहिरि जिल्लाका ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बागलुङ जिल्लाका कुल ८५ वडाहरु मध्ये ५ वटा वडा (बा.न.पा–१, २, ३, १३, बरेङ–५) ७ जना भन्दा बढि संक्रमीत रहेकाले उच्च जोखिममा छन् भने अन्य ३४ वडाहरु १ वा १ भन्दा बढी संक्रमीत रहेकाले मध्यम जोखिममा छन र बाँकी ४६ वडाहरुमा संक्रमीतको सङ्ख्या शून्य रहेकाले न्युन जोखिममा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *