जैमिनी घटनामा संलग्ल दोषीलाई कारवाही गर्न जनमोर्चाको माग

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङले गत माघ १ गते जैमिनीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेको छ । माघ १ गते मेला हेरिरहेको बेलामा जनमोर्चाका कार्यकर्ता जैमिनी नगरपालिका–१० राङखानी ओखलेका लक्ष्मण श्रीसमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरी गम्भीर घाईते बनाएको भन्दै घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रेस वक्तव्य मार्फत माग गरेको छ ।

‘हामीले मेला हेर्ने सन्दर्भमा र राती सुतेको बेला गुण्डागर्दी शैलीमा घटाइएको घटनाप्रति खेद प्रकट गर्दै भत्सना गर्दछौं, साथै घटनामा संग्लग्न अपराधी व्यक्तिहरुलाई अविलम्व कानुनी दायरामा ल्याउन र जनतालाई शान्ति सुरक्षा दिलाउन प्रशासन समक्ष माग गर्दछौं ’ जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलद्वारा हस्ताक्षेरित वक्तव्यमा भनिएको छ ।

घाइते श्रीसले आफुलाई आक्रमण भएको प्रहरीलाई जानाकारी गराउदा प्रशासनले बेवास्ता समेत गरेको जनमोर्चाको आरोप छ । सोही दिन राती कांग्रेस कार्यकर्ताले राङखानी ओखले गाउँमा पुगेर सुतेका मान्छेलाई थर्काउने, ढुङ्गामुढा गर्ने, घरगोठको खर च्यातेर आगो बाल्ने जस्ता अराजक गतिबिधी गर्दै लक्ष्मण श्रीसको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उद्देश्यले गुण्डागर्दी शैलीमा घरबाट बाहिर निकाली उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरेको समेत वक्तव्यमा उल्लेख छ ।

‘यो गतिविधीले सत्ताको आडमा घटाईएको २०४८ को जैमिनीघाट काण्ड पुनारावृत्ति हुने सम्भावनालाई नकार्न सकिदैन । घटनाको सन्दर्भमा नेपाली काँग्रेस जिल्ला नेतृत्वसंग सम्वाद तथा छलफल गर्दा यो विषयलाई राजनैतिक रंग नदिने कुराको सहमति भए पनि मेलामा घटना घटाउने, गाउँमा आतंक मच्चाउने समुहलाई संरक्षण गर्दै नेपाली काँग्रेस बागलुुङले घटनालाई राजनीतिकरण गरी आफ्नो धारणा सार्वजनिक गरेको वक्तव्यमा उल्लेख छ ।

यसभन्दा अगाडी नेपाली कांग्रेस बागलुङ र तरुण दल बागलुङले पनि आफ्नो कार्यकर्तामाथि जनमोर्चाका कार्यकर्ताले कुटपिट गर्दा गम्भीर घाइते भएको र दोषीलाई कानुनी दायरामा ल्याउन प्रेस विज्ञप्ती मार्फत प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *