बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

कोरोनाको तेस्रो लहरको संक्रमण तिब्र रुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेहरुको विवरण तयार गर्ने र स्वास्थ्य परिक्षण गर्नका लागि बागलुङ जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना पुन सक्रिय भएका छन् ।

कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुन सक्रिय गराउन थालिएको छ भने जिल्लाको सिमा नाकामा कडाई गरिएको छ ।

कोभिड १९ को संक्रमण, रोकथाम, नियन्त्रण र उपचारको क्रममा हाल अन्तरजिल्ला आवतजावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारता तथा तेस्रो मुलुकबाट र देशका मुख्य शहरहरुबाट जिल्ला भित्र प्रवेश गर्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको अवस्थामा जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना संगै चेकजाँचमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बागलुङका प्रमुख जिल्ला अधिकारी रशेम ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार बागलुङ नगरपालिका–१ मालढुङ्गा, बडिगाडको खर्बाङ, जैमिनीको छिस्ती, बरेङ र निसीको भलकोट नाकामा स्थानीय तहको संमन्वयमा स्वास्थ्य परिक्षण र विवरण संकलन गर्न लागिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको पछिल्लने रिपोर्ट अनुसार पछिल्लो पाँच दिनमा संक्रमितको संख्या १४ बाट बढेर २५० पुगेको हो । जिल्लामा अहिले तपाईको माक्स खोई अभियान देखि अन्य स्वास्थ्य सचेतनामूलक कार्यक्रम समेत गर्न थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *