गलकोट नगरकै ‘दश उत्कृष्ट महिला उद्यम’

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिका–१ दुदिलाभाटी स्थित मेलमिलाप एकृकित महिला कृषक समूहले सामुहिक रुपमा तरकारी खेती, अलैची खेती र माछापालन गर्दै आएको छ । १० जना महिलाहरु मिलेर दुई वर्र्ष अघिदेखि शुरु गरेको एकृकित कृषक समूह अहिले सफल बन्दै गएको छ । सोही व्यवसाय सफल बन्नमा गलकोट नगरपालिकामा सञ्चालित ‘नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम’को ठूलो हात रहेको समूहका अध्यक्ष सुमित्रा कार्की बताउनुभयो ।

सोही समूहका अध्यक्ष कार्की अहिले गलकोट नगरपालिकाले घोषणा गरेको १० उत्कृष्ट महिला उद्यममा पर्न सफल हुनुभएको छ । “नगर पालिकामा सञ्चालित ग्रामिण महिला उद्यम कार्यक्रमले हामीलाई एक वर्षमा धेरै अगाडी बढ्न सफल बनायो, उद्यम मात्रै खोलेर हुँदो रहेनछ, त्यस्को व्यावसायीकरण, हिसाव किताव, व्यवस्थापन र बजारीकरणको निकै महत्व हुँदो रहेछ” उत्कृष्ट महिला उद्यमी कार्कीले भन्नुभयो “ग्रामिण क्षेत्रमा लामो समयदेखि उद्यम सञ्चालन गर्दै आएका तर व्यावसायीकरण नभएका उद्यमलाई यो कार्यक्रम कोशे ढुङ्गा बन्न सफल भएको छ ।”

ग्रामिण महिलाहरुले लामो समयदेखि आफ्नो उद्यम गर्दै आएको भएपनि उद्यमीहरुले व्यावसायीक चुस्तता, भावी योजना र लक्ष्यका विषयमा भने जानकारी नहुँदा उद्यमको विकास नभएको पाइन्छ । उनिहरुको उद्यम फराकिलो नभई सिमित घेरामा मात्रै सिमित हुँदै आएको पाइन्छ । उद्यमको व्यवस्थापन, चुस्त आर्थिक हिसाव किताव, उद्ययमको भावी योजना, बजारीकरण र रोजगारीको विषयमा धेरै उद्यमीहरुलाई अहिलेको समयमा पनि अन्योलनै छ ।

उनीहरुको उद्यम नितान्त घर खर्चमै सिमित भएको परिदृश्यमा बागलुङ जिल्लाको गलकोट नगरपालिकाले भने उद्यमीको सर्वागिण विकासका लागि नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । ८० महिला उद्यमहरुबाट शुरु भएको कार्यक्रमले अहिले प्रतिस्प्रधाका आधारमा नगरका दश उत्कृष्ट उद्यमी महिला घोषणा गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो ।

“उद्यमलाई कसरी उत्कृष्ट र व्यावसायीक बनाउन सकिन्छ भन्ने सिकाई दिएका छौं, निवेदनमा समावेश हुनुभएका नगरका ८० महिला उद्यमीहरुको घर–घरमै पुगेर नगरपालिकाले गठन गरेको अनुगमन समितिले अनुगमन गरेको थियो” नगर उपप्रमुख काउचाले भन्नुभयो “उनिहरुको व्यवसायको अवस्था, प्रविधिको प्रयोग, रोजगारी तथा भावी योजना लगायतका नौ छनौटको विषयका आधारबाट प्रतिस्प्रधा गराएर ४० महिला छनौट ग¥यौ त्यसबाट पुन २० महिला छनौट गर्दै अहिले नगरका १० उत्कृष्ट महिला उद्यमी घोषणा गरेका छौं उनिहरुको व्यवसाय उत्कृष्ट संगै भावी योजना समेत निकै राम्रो छ ।”

काउचाका अनुसार उत्कृष्ट १० मा पर्न सफल महिला उद्यमहरुलाई गलकोट नगरपालिकाले प्रोत्साहन स्वरुप प्रति उद्यम ५० हजार र २० उद्यमी महिला मध्ये १० जना अब्बल महिलालाई रु. २० हजारका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको बताउनुभयो । ग्रामीण क्षेत्रमा साना तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका महिलाहरुलाई आफ्नो उद्योग तथा व्यवसायको विस्तार तथा विकासका लागि उक्त कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रमको प्राविधिक सहयोगी संस्था रिप, दायित्व, लुम्बनी प्रदेश संयोजक सन्जय पोख्रेलले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाले छनौट गरेको १० महिला उद्यमीहरु करिना घर्ती पुन, सुमित्रा कार्की, प्रेम कुमारी पुन, सिता पुन, तेजकुमारी पुन, थममाया पुन काउचा, धनमाया श्रीस मगर, कुमारी कार्की, सविना घर्ती मगर र विनिता घर्ती रहनुभएको छ । उद्यमी छनोटको शिलशिलमा महिलाहरुले संचालन गरेको उद्यम, व्यवसायको अवस्था, समुदायमा पारेको प्रभाव, बजारीकरण, बित्तिय अवस्था, ग्राहकको ब्यवस्थापन जस्ता सूचकको आधारमा छनौट गरिएको सस्थाले जनाएको छ ।

नगरले उत्कृष्ट १० जनालाई पुन तालिम तथा सहजीकरण पश्चात पुन नगरको उत्कृष्ट एक उद्यमी छनौट गरेर रु. एक लाख पुरस्कार दिने जनाएको छ । उक्त कार्यक्रमले ग्रामिण महिलाहरु उद्यम तर्फ थप आर्र्कषण हुँने गलकोट नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *