गलकोटमा ९१ कुकुरको बन्ध्याकरण

आदर्श अनलाइन, बागलुङ

छाडा कुकुर नियन्त्रण गर्नका लागि बागलुङको गलकोटमा ९१ कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा छाडा कुकुरको समस्या न्यूनिकरण गर्न गत वर्ष बागलुङ बजारमा समेत कुकुरहरुको बन्ध्याकरण गरिएको थियो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखा र केन्द्रिय भेटेरेनरी रिफरल अस्पताल काठमाडौको आयोजनामा गलकोटमा शनिबार आयोजना गरिएको एक दिने बन्ध्याकरण शिविरमा ९१ कुकुरको बन्ध्याकरण गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्राविधिक केशव शर्माले जानकारी दिनुभयो ।

केन्द्रिय भेटेरेनरी नरी रिफरल अस्पताल काठमाडौका प्रमुख डा. टंक प्रसाईको समूहले ६३ वटा घरपालुवा र २८ वटा छाडा कुकुरको बन्इाकरण गरेको छ । घरपालुवा कुकुरहरुले जन्माएका छाउराहरु समेत विभिन्न कारणले छाडा कुकुर हुँने भएकाले छाडा मात्रै नभएर घरपालुवा कुकुरहरुको समेत बन्ध्याकरणल गरिएको हो । डा.प्रसाईले घरपालुवा तथा छाडा कुकुरहरुलाई बन्ध्याकरण गर्दा प्रजनन् क्षमता नष्ट हुँने भएकाले विस्तारै छाडा कुकुरको संङख्या घटाउन सहयोग पुग्नेछ ।

९१ वटा कुकुर मध्ये २५ वटा लाई रेविज विरुद्धको खोप लगाइएको थियो । बागलुङ बजार बाहेक गलकोट तथा बुर्तिवाङमा समेत छाडा कुकुरका कारण समस्या हुँने गरेको छ । छाडा कुकुरका कारण रेबिज रोगको संक्रमण फैलने, सवारी दुर्घटना हुँने समस्या जिल्लामा विद्यमान रहेको छ । कुकुरहरुको बन्ध्याकरण गरेपछि बागलुङ बजारमा कुकुरहरुको संख्यामा विस्तारै कमी आउन थालेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *