आदर्श अनलाइन, बागलुङ
कर्मचारीलाई कोभिड संक्रमण पुष्टी भएपछि मालपोत कार्यालय बागलुङको अति आवश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ ।
कार्यालयका चार जना कर्मचारीमा कोरोना पुष्टी भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्ष्ण देखिएपछि कार्यालयका सेवा बन्द गरिएको हो ।
कर्मचारीहरु आइसोलेशनमा रहेको हुँदा कार्य सम्पादनको लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार सूचना जारी गर्दै अनिश्चतकालको लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराउनु भएको हो ।