न्याय खोज्दै भारतबाट नेपालसम्म, श्रीमानले गरे चार वटा विवाह

खेमराज गौतम, बागलुङ

एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान खोज्दै भारतको केरलादेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आउनुभएको छ । सन् २००२ मा बागलुङ जिल्लाको कुश्मिसेरा नगरपालिका–१ टाहरा स्थित प्रकाश शर्मासँग भारतमा विवाह गर्नुभएको भानमोझी अहिले श्रीमानको खोजी र न्यायको लागि बागलुङ आउनुभएको छ ।

भारतमा झुक्काएर विवाह गरेपछि भानमोझीले दुई छोरी गंगालक्ष्मी शर्मा र ऐश्वर्य शर्मालाई जन्म दिनुभएको छ । अहिले जेठो छोरी १८ वर्ष र कान्छो छोरी १७ वर्षको भई सक्नुभएको छ । उहाँसँग नत विवाह गरेको प्रमाणपत्र नै छ नत नागरिकता । प्रहरी र प्रशासनको सहयोगमा दुई छोरीको जन्मदर्ता र जेठो छोरीको नागरिकता बनाएपनि भानमोझीसँग विवाह दर्ता र श्रीमानको नाममा नागरिकता पाउनुभएको छैन ।

‘श्रीमानले म अनाथ हो भारतमा व्यवसाय छ भनेर मलाई झुक्काएर सन् २००२ मै भारतको चेन्नैमा विवाह गरेको थियो, त्यपछि उसले आफ्नो ठाउँ–ठाउँमा व्यवसाय गर्ने भन्दै आउदै फर्कदै गर्ने गरेको पाइयो’ श्रीमती भानमोझीले भन्नुभयो–‘पछि बुझ्दै जादा त आफू बाहेक अन्य तीन जनासँग समेत विवाह गरिसकेको पत्ता लाग्यो, हामी यस अघि पनि उसको घर कुश्मिशेरामा आयौं, श्रीमानको बाबु आमाले उस्लाई लुकाए, हामीलाई निकै दुख दिएपछि पुन भारत फर्केका थियौं, अहिले एक वर्षदेखि सम्पर्कमा हुनुहुन्न, दुई छोरी र श्रीमानको साइली श्रीमतीकी छोरा समेत पाल्दै आएको छु, मेरो जिन्दगी त बर्वाद भयो तर मेरो दुई छोरी र अर्की श्रीमतीको छोरालाई जन्मदर्ता र नागरिकता दिलाउनु छ, न्याको लडाईको लागि होटलमा काम गर्दै लडिरहेको छु ।’

श्रीमानले झुटो बोल्दै विवाह गर्दै छोरा छोरी पाउदै हिडेको उहाँले बताउनुभयो । उहाँले छोरीलाई पाल्न निकै समस्या भएको भन्दै छोरीहरुको राम्रो पढाई भएपनि अहिले होटलमा काम गरेर गुजारा चलाउदै आएको छोरी ऐश्वर्य शर्माले जानकरी दिनुभयो । ‘बाबाले ममीलाई निकै दुख दिनुभयो, अहिले एक व्यक्तिको कारणले यती परिवारको तहस नहस भएको छ’ छोरी ऐश्वर्य शर्माले भन्नुभयो ‘बाबाले आमा बाहेक अन्य तीन स्थानमा विवाह गरेको पत्ता लगाइयो, बागलुङ हजुर बुबा पदंनाथ शर्माले समेत हामलिाई यहाँ बस्न दिनुहुन्न, काम गरेर खान समेत दिनुहुन्न, दिदी गंगालक्ष्मी शर्माले भारतमा ११ कक्षा विज्ञान विषयमा अध्ययन गदागर्दै छोडेर अहिले बागलुङको एक होटलमा काम गर्नुहुन्छ, दिदिको डाक्टर बन्ने सपना थियो ।’

प्रकाश शर्माले भारतमानै आफू बाहेक एक जनासँग विवाह गरेको र पुन नेपालमा आएर सोममाया रेश्मी शर्मासँग विवाह गर्नुभएको विवाह दर्ता छ । पछि एक छोरा नन्दिश शर्मालाई जन्मदिएपछि उसलाई समेत छोडेको र अहिले भानमोझीले नै नन्दिश शर्मालाई पालन पोषण गर्दै आउनुभएको छ । नन्दिश अहिले ६ वर्षको भएका छन् ।

दुई महिलासंग विवाह गरिसकेका प्रकाशको २०७३ साल जेठ २० गते तत्कालिन कुशिसेरा गाउँ विकास समितिको कार्यालयले सोम माया रेश्मी शर्मासँग सामाजिक परम्परा अन्र्तगत विवाह गरेको भन्दै विवाह दर्ता गरिदिएको छ । तर प्रकाशले अहिले पुन नेपालमा अर्को बिबाह गरेर छोरा जन्माउनुभएको छ ।

तर २०७७ सालमा भानमोझीसँग प्रकाशले जन्माएको जोठो छोरी गंगालक्ष्मी शर्मालाई भने जिल्ला प्रशासनले प्रकाशकै नामबाट नागरिकता दिएको छ । प्रकाशले पुन अर्को विवाह गरी छोरा जन्माएको भानमोझीको भनाई छ । अहिले उहाँले आफ्नो, कान्छी छोरीको नागरिकता र आफूसँगै रहेको साईली श्रीमतीको छोराको जनमदर्ताको लागि लडिरहेको उहाँले बताउनुभयो । एक वर्षदेखि बागलुङको एक होटलमा काम गरेर उक्त परिवारले जीविका चलाउदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *