दक्षिण बागलुङ जोड्ने सडक मर्मतका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ

सडकको पहिरो मर्मत गर्न स्थानीय सरकारको बजेटले नभ्याएको भन्दै बागलुङका जनप्रतिनिधिहरुले गण्डकी प्रदेश सरकारको ध्यानआकर्षण गराएका छन् । गत असारमा पहिरोका कारण चार महिना ठप्प भएको बागलुङको पश्चिम जोड्ने मालढुङ्गा–गलुवा–पाग्जा–बलेवा हुँदै कुश्सिेरा जाने सडक अन्र्तगतको गलुवाको ठूलो पहिरो मर्मतका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको बुधबार ध्यानआर्कषण गरिएको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलद्वारा हस्ताक्षरीत ध्यानआर्कषण पत्र बागलुङ बाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा र सावित्रा रानाको रोहोबरमा मुख्यमन्त्रीलाई बुझाइएको थियो ।

स्थानीय सरकारको बजेटले अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको सडक वर्खा लाग्दासाथ बन्द हुँने अवस्थामा पुगेकाले बुधबार मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानआर्कषण गराईएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“बागलुङ नगरपालिकाले चार महिना बन्द रहेको सडकको बिकल्प समेत खोज्यो तर विकल्प नदेखिएपछि सामान्य पहिरो पन्छाएर अहिले एक तर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ” नगर प्रमुख पौडेलले भन्नुभयो “शुरुमा चारलाख रकम खर्चेर सडको पहिरो पन्छाएका छौं, अहिले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु.२० लाख बजेट बिनियोजन गरेर सडक मर्मत गर्न थालिएको छ, तर पहिरो निकै ठूलो भएको र वर्खामा दक्षिण भेग नै सडक सञ्जालसंग टुट्ने भएकाले मुख्यमन्त्रीलाई ध्यानआकर्षण गराइएको हो ।”

पहाडनै खसेर दक्षिण जोड्ने सडक संगै कालीगण्डकी करिडोर समेत बगाएपछि अहिले त्यहाँ निकै समस्या भएकाले पहिरोको दीर्घकालिन व्यवस्थापनका लागि ठूलो बजेट खर्च हुँने र स्थानीय सरकारले नसक्ने भन्दै मुख्यमन्त्रीलाई बजेट विनियोजन गर्न ध्यानआर्कषण गरिएको हो ।

उक्त पहिरो मर्मत गरी पुरानै अवस्थामा सडक फर्काउन रु. तीन करोड ४३ लाख खर्च हुँने प्राविधिकहरुले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त पहिरोले झण्डै एक सय मिटर कालोपत्रे सडक बगाएको छ । अहिले उक्त पहिरोमा सामान्य ढंगले सवारीसाधन सञ्चालनमा आएपनि वर्खा लाग्दासाथ उक्त पहिरो गएको स्थानको सडक पुन बग्ने निश्चित रहेको छ । उक्त सडक भकुण्डे बलेवा संगै दक्षिणको सिंगो जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जोड्ने मुख्य सडक हो ।

ध्यानआर्षण पत्र बुझ्दै मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले सडकको समस्याप्रति प्रदेश सरकारको ध्यानआर्कषण भएको बताउदै जतिसक्दो छिटो बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *