राष्ट्रिय प्रशारण लाइनमा जोडियो ताराखोला जलविद्युत

आदर्श अनलाइन, बागलुङ
ताराखोला जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । दुई वर्ष देखि विद्युत उत्पादन गर्दै आएपनि अहिले बल्ल राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको ताराखोला जलविद्युत लिमिटेडको हाल सम्म जम्मा विद्युत खपत १०० कलिोवाट मात्रै रहेको थियो ।

दुई वर्ष देखि १८० किलोवाट विद्युत खेर गइरहेको र अहिले राष्ट्रिय प्रशारणमा जोडिएको ताराखोला जलविद्युत लिमिटेडका अध्यक्ष हिमाल बिकले जानकारी दिनुभयो । “दुई वर्ष देखि विद्युत उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युत समेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ” अध्यक्ष बिकले भन्नुभयो “अहिले नेपाल विदुत प्राधिकरण संग खरिद बिक्रि सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौं माघ ११ गतेदेखि ताराखोलाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।”

उत्पादन भएर खेर गइरहेको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि जलविद्युत आयोजना फाइदामा जाने भएको छ । दुई वर्ष देखि १८० किलोवाट विद्युत खेर गइरहेको ताराखोला जलविद्युत आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिकरण अन्र्तग गलकोटको हरिचौर सवस्टेशन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रशारण लाईनमा ताराखोला जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत जोडिएको नेपाल विद्युत पधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख दिलिप मरासिनिले जानकारी जानकारी दिनुभयो ।

मरासिनीका अनुसार राष्ट्रिय प्रशारण लाइनमा जोड्न विद्युत प्राधिकरणले दिएको अनुमती अनुसार ताराखोला जलविद्युत आयोजनालाई राष्ट्रिय प्रशारण आयोजनाको ११ केभिय प्शारण लाइनमा जोडिएको छ ।

ताराखोला जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत ताराखोला जलविद्युत आयोजना मार्फत वितरण गर्ने गरी सम्झौता भएको छ ।

केन्द्र प्रमुख मरासिनिका अनुसार छ महिना (मंसिर देखि वैशाख) सम्म प्रति युनिट ८ रुपैयाँ ४० पैसा र अर्को छ महिना (जेठ देखि कात्तिक) सम्म प्रति युनिट ४ रुपैया ८० पैसामा खरिद विक्रि गर्ने सम्झौता भएको छ । सम्झौताले स्थानीयलाई बढी पाइदा पुग्ने मरासीनीको भनाई छ । स्थानीय जलविद्युत कुनै समस्यामा बन्द हुँदा समेत गाउँमा प्राधिकरणको विद्युत पठाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *