कालिका मन्दिर प्रवेशद्वारमा ‘भिआइपी पर्यटक’ होटल सञ्चालनमा


–खेमराज गौतम, बागलुङ

बागलुङमा सुविधा सम्पन्न होटल थपिदै गएका छन् । बागलुङ पछिल्लो समय होटल रेड एप्पल, दि राजन र सगुन होटल सञ्चालनमा आएसंगै अहिले बागलुङ जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधा सम्पन्न “भिआइपी पर्यटक”होटल सञ्चालनमा ल्याइएको छ ।

बागलुङ बजार भन्दा अलि तल शान्त वातवरणमा डिलक्स कोठा सहित कालिका मल्टिप्यालेस नामक सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । १९ वर्ष देखि होटल व्यवसायमा जम्दै आउनुभएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको छ । ५ वर्ष काठमाण्डौको ठमेल र १४ वर्ष देखि बागलुङ बजारमा होटल समिट धौलागिरी सञ्चालन गर्दै आउनुभएको चोखालले कालिका मन्दिरमा आउने भिआईपी पाहुना लक्षित गर्दै ३५ वेड क्षमताको कालिका मल्टि प्यालेस सञ्चालनमा ल्याउनुभएको छ ।

२०६५ सालबाट रु. ४२ लाखको लागतमा बागलुङ बजारमा होटल समिट धौलागिरी सञ्चालन गर्दै आउनुभएका चोखालले होटल व्यवसाय फष्टाउदै गएपछि कालिका मन्दिर गेटमा रु. चार करोडको लागतमा कालिका मल्टि प्यालेस नामक होटलमा भिआईपी पर्यटक होटल हालै देखि सञ्चालनमा ल्याउनुभएको छ । कोरोना महामारीको समयमा होटल व्यवसायीहरु समस्यामा पर्दै आएपनि दीर्घकालिन सोचका साथ होटल व्यवसायमा करोडौ लगानी गरेको होटलका सञ्चालक अर्जुन चोखालले बताउनुभयो ।

चोखालले बागलुङ आएका भिआईपी पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बागलुङमा स्टार होटलको खाँचो रहेको बताउनुभयो । “होटल व्यवसायमा लागेको १९ वर्षको अनुभवले होटल व्यवसायको सम्पूर्ण आम्दानी होटल व्यवसायमै लागानी थप्दै गएको छु” होटल व्यवसायी चोखालले भन्नुभयो “२०७३ सालमा सञ्चालनमा आएको कालिका मल्टि प्यालेमा बस्ने व्यवस्था थिएन अहिले ३५ वेड क्षमताको एसी डिलक्स कोठा सहितको सेवा थप गरेको छु, मल्टि प्यालेसमा मात्रै चार करोड लगानी गरिसकको छ ।”

उहाँले डिलक्स एसी कोठा रु. एक हजार ५०० देखि तीन हजार सम्म बुकिङ गर्न सकिने बताउनुभयो । देशका विभिन्न स्थानबाट कालिका मन्दिर दर्शन गर्न आउने तर राम्रो होटल नभएको भन्दै पोखरा फर्केर बस्ने परिपाटी रहेकाले मन्दिरको प्रवेशद्वारमा भिआईपी पर्यटक लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको बताउनुभयो । होटल व्यवसायी संघ गण्डकी प्रदेशका संयोजक तथा बागलुङ पर्यटन विकास समितिका सचिव समेत रहनुभएका चोखालले कालिका मल्टि प्यालेसले पाहुँनालाई सुन्तुष्टी दिनेगरी होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।

चोखालले शान्त बातावरण, पार्कीको पर्याप्त व्यवस्था र स्वाष्टि अर्गानिक खानाको व्यवस्था सहित कालिका मन्दिर गेटमा होटल सञ्चालनमा ल्याएको हो । कालिका मल्टि प्यालेसमा २०७३ सालदेखि पार्टी प्यालेस, शाहाकारी भोजनालय र रेष्टुरेण्ट सञ्चालन गरिदै आएकोमा अहिले एसी डिलक्स कोठा सहितको होटल सञ्चालनमा आएको हो । बागलुङमा थपिदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकहरुको आर्कषण बढिरहेको भएपनि कोरोनाका कारण अहिले समस्या छ । तर जिल्लामा सुविधा सम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी नै छ । जिल्लामा रिर्साट तथा स्टार होटलको अझै खाँचो रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

खड्काले ढोरपाटनमा सुविधा सम्पन्न होटल नभएकै कारण विदेशी पर्यटकहरु हेलिकप्टर चार्टर गरेर ढोरपाटन आउने जाने गर्ने गरेको बताउनुभयो । ढोरपाटन आएका भिआइपी पर्यटकहरुले समेत ढोरपाटनमा सुविधा सम्पन्न होटल नभएको भन्दै हेलिकप्टर चार्टर गरेर पोखरा र काठमाण्डौं पुग्नुपर्ने बाध्यता रहेको बताउदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *