लामो पुलको नामाकरण गर्ने सापकोटालाई पुरस्कार

आदर्श अनलाइन, बागलुङ
बागलुङको रामरेखादेखि पर्वतको कुस्मा अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदिमाथी निर्माण गरिएको लामो झोलुङ्गे पुलको नामाकरण गर्ने बागलुङका घनश्याम सापकोटालाई पुरस्कार प्रदान गरिएको छ ।

५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्वकै लामो पुलको रुपमा समेत दावी गरिदै आइएकोछ । पुलको नामाकरणका लागि बागलुङ नगरपालिकाले मागेको आवेदनमा परेको उत्कृष्ट नाम गण्डकी सुनौलो झुला अर्थात गण्डकी गोल्डेन बृज कायम गरिएको थियो ।

उक्त पुलको नाम गण्डकी गोल्डेन बृज सिफरिस गर्ने नेपाल निजामती कर्मचनारी संगठनका केन्द्रिय उपाध्यक्ष तथा बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई शहिद दिवसका दिन लामोपुलमै पुगेर नगद २५ हजार सहित सम्मान गरिएको छ । सापकोटालाई बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बागलुङ नगरपालिका – १ रामरेखा देखी पर्वतको अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरणका लागि बागलुङ नगरपालिकाले आव्हान गरेको थियो । सो अवसरमा संकलन गरिएका बिभिन्न नाम मध्ये सापकोटाले गरेको नामाकरण उत्कृष्ट भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *