‘नागरिक जिम्मेवार नहुँदा संक्रमण बढ्यो’

डम्मर बुढा मगर, बागलुङ
नागरिक जिम्मेवार नबन्दा संक्रमण तीव्र गतिमा फैलिएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल बागलुङले आयोजना गरेको ‘कोरोना तेस्रो लहर व्यवस्थपान र सार्वजनिक सेवा प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा रहेका सरकारी निकायहरुले जिम्मेवार पूर्वक काम गरे पनि नागरिकस्तरबाट अटेरी हुँदा संक्रमणको दर बढि रहेको बताएका हुन् ।

उनीहरुले सरकारी निकायको प्रयासले मात्रै कोरोना संक्रमण रोकथाम नहुनेभन्दै नागरिक पनि जिम्मेवार हुनु पर्नेमा जोड दिए । विगतमा जसरीनै अहिले पनि सेवा प्रवाह र नागरिकलाई सजक बनाउने काम सम्बन्धित नियकाहरुले गरेको भन्दै पछिल्लो समय कोभिडलाई सामान्य रुपमा लिएर नागरिकहरु लापरवाही गर्दा संक्रमण दैनिक दजनौँ संख्यामा वृद्धि भइ रहेको उनीहरुको तर्क छ ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले नागरिकलाई सहज बनाउने र पालिकाबाट प्रवाह हुने सेवालाई सहज बनाएको भन्दै संक्रमणबाट जोखिन स्वास्थ्य सम्बन्धि कार्यहरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले विगतमा पनि जिल्ला भित्रिने नागरिकलाई होल्डिङ् सेन्टर बनाई राख्ने, कोरोना परीक्षण गर्ने र गन्तव्य स्थानमा पु¥याउने काम ग¥यौँ, नागरिकलाई संक्रमणबाट जोगाउन हाम्रो क्षमताले भ्यायसम्मका कामहरु ग¥यौँ, अहिले पनि गरि रहेका छौँ ।’

उहाँले पालिकाबाट संक्रमण फैलिन नदिन सेवालाई थप व्यवस्थित रुपमा प्रवाह गरेको भन्दै कर्मचारी संक्रमित बन्दा पनि जनताको काम नरोकेको दाबी गनुभयो । मेयर पौडेलले अहिले पनि संक्रमण फैलि रहेको र नगरपालिकाका करिब दुई दर्जन कर्मचारीमा पनि संक्रमण पुष्टि भएको बताउँदै यस समयमा पनि जागरिकको अति आवश्यक समस्यालाई बुझेर सेवा दिइ रहेको बताउनभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जिल्लामा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि १० वटै पालिकाका प्रमुखहरुसँग समन्वय गरेर काम गरि रहेको बताउनुभयो । उहाँले प्रत्येक नागरिकलाई खोपको पहुँचमा ल्याएको र छुटेकाहरुलाई पनि खोप लगाउन वातावरण तयार गरेको बताउनुहुन्छ ।

उहाँले पछिल्लो समय नागरिकहरु नै अटेरी बन्दा संक्रमण बढेको दाबी गर्नु हुन्छ । ‘अहिले पनि हामी एकदमै जोखिमपूर्ण स्थितीमा छौँ, हामीले सरकारले निर्देश गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नु पर्छ,’ उहाँले भन्नुभयो ‘तर नागरिकहरु निकै अटेरी बनेका छन्, त्यसले गर्दा दिनदिनै संक्रमण बढि रहेको छ, हामी जति अटेरी गछौँ, उती संक्रमण बढ्छ, उती समस्या भोग्नु पर्छ, हामीले जति सरकारले निदेश गरेका नियमहरु पालना गछौँ, उति छिटो समस्याबाट मुक्त हुन्छौँ ।’

उहाँले जिल्ला प्रशासनको एक्लो प्रयासले मात्रै संक्रमण नियन्त्रण नहुने भन्दै पालिकाका प्रमुख, नागरिक, विभिन्न निकायहरुले सामुहिक प्रयास थाल्नु पर्ने बताउनुहुन्छ । ‘हाम्रो एक्लो प्रयासले संक्रमण नियन्त्रण हुने भए, उति बेलै हुने थियो, अहिलेसम्म रहने नै थिएन, यहाँ त नागरिक गैह्रजिम्मेवार बन्दा समस्या भएको हो’ सहायक प्रजिअ पौडेलले भन्नुभयो ।

पौडेलले पालिका प्रमुखहरु कडा कदमसमेत चाल्न नसक्दा संक्रमणको जोखिम बढेको समेत उहाँको तर्क थियो । उहाँले डिसीसीएसीको बैठकमा उपस्थित हुने सही गर्ने सहयोग नगर्ने प्रवृतिले समस्या उत्पन हुने गरेको बताउनुहुन्छ । ‘हामी जिल्लाका सबै निकायहरुसँग छलफल गछौँ उहाँहरुले बैठकमा सही गर्नुहुन्छ, सहयोग गर्नुहुन्न, त्यसले गर्दा पनि समस्याहरु आउने गरेका छन्, हामीहरुले सही कदम चाल्नु पर्छ, कमजोर हुनुहुँदैन’ पौडेलले भन्नुभयो ।

पौडेलले संक्रमण दर बढ्दै गए पनि नागरिकलाई प्रशासनले नियमित रुपमा सेवा भने दिइ राखेको बताउनुहुन्छ । उहाँले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर, समय तालिका बनाई सेवाग्राहीलाई सास्ती नहुने हिसाबले सार्वजनिक सेवा दिइ रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफूहरुले १० वटै पालिकाका स्वास्थ्यकर्मीलाई सक्षम बताउने किसिमका तालिमहरु दिइराखेको भन्दै संक्रमण नियन्त्रणका आवश्यक प्राबिधिक सहयोग गरि राखेको बताउनुभयो । उहाँले जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिएको भन्दै संक्रमण रोकथामका लागि आफूहरु गम्भीर भएर लागेको बताउनुभयो ।

गुरौले संक्रमण जोखिम कम गर्ने खोप नै भएको भन्दै खोप अभियानलाई तीव्रता दिएको बताउनुभयो । उहाँले जिल्लाका १० वटै पालिकामा खोप अभियान जारी रहेको भन्दै छुटेका नागरिकले जतिबेला पनि खोप केन्द्रमा गएर खोप लगाउन सक्ने बताउनुहुन्छ । जिल्लामा हालसम्म एक लाख २८ हजार ५५९ जनाले पूर्ण खोप, एक लाख ४४ हजार ९७० जना (१८ वर्ष माथि)ले पहिलो मात्रा र दुई हजार ३९ जनाले बुस्टर डोज लगाएको जानकारी दिनुभयो ।

धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले पछिल्लो समय संक्रमण दर तीव्र गतिमा बढे पनि अस्पताल भर्ना हुनेको संख्या भने निकै कम भएको बताउनुभयो । नागरिकको लापरवाहीका कारण अहिले अस्पतालका स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएको भन्दै स्वास्थ्य सेवा प्रवाहमा केही समस्या थपिएको बताउनुभयो ।

उहाँले अस्पतालका १८ जना स्वास्थ्यकर्मी संक्रमित बनेको बताउनुभयो । संक्रमण नियन्त्रणमा आफूहरु विगतमा पनि लागि परेको भन्दै अहिले पनि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले नागरिकहरुमा संक्रमणको लक्षण देखिए पनि परीक्षण नगराई जताततै डुल्ने गर्दा संक्रमण फैलिएको बताउनुहुन्छ । परीक्षण गरेकाहरु पनि रिपोर्ट नआउँदै घुमघाम गर्ने र विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा संक्रमण तीव्रतर बढेको बताउनुहुन्छ ।

पोखरेलले अस्पतालमा अक्सिजन प्लान्टको काम पनि भई रहेको र संक्रमणको जोखिमलाई मध्यनजर गरि १६४ वटा सिलिण्डरहरु भरेर तयारी अवस्थामा राखेको बताउनुहुन्छ । अहिले धेरै अक्सिजन चाहिने बिरामीहरु नभएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *