कोरोना र प्रतिकुल मौसम बलेवा विमानस्थल कालोपत्रेमा ढिलाई


खेमराज गौतम, बागलुङ

बागलुङको बलेवा विमानस्थल धावनमार्ग अझै कालोपत्रे हुनु सकेको छैन । २०७७ फागुनमै कालोपत्रे गर्नु पर्ने विमानस्थनको धावनमार्ग कालोपत्रेको काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत असारमानै कालोपत्रे सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रेको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन ।

२०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भए पनि धावनमार्ग कालोपत्रे भने हुँन नसकेको हो ।

निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि बासु थापाले कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेको भन्दै आगमी फागुन भित्रै विमानस्थको कालोपत्रेको काम सम्पन्न गरी हस्तान्तरण गरिने दाबी गर्नुभयो । “कोरोना मुख्य कारण हो, कोरोना कम हुँदासाथ काम थाल्छौं, पानी परेर सडक बन्द हुन्छ,” थापाले भन्नुभयो “कालोपत्रे गर्ने कच्चा सामाग्रीको प्लान्ट खोज्नै एक वर्ष लाग्यो, अहिले प्लान्ट तयारी छ, सडक समेत सुचार छ तर मौसम खुलेको छैन, विमानस्थलको कालोपत्रे बाहेक अन्य काम एक वर्ष पहिलै सक्किएको हो, अबको दुई हप्तामा मौसम खुल्ला काम शुरु हुन्छ सरासर भए १० दिनमै कालोपत्रे सक्छौ ।”

धावनमार्ग कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर धानवन मार्गको ग्राभेल समेत सम्पन्न भइसकेको छ । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्रे गर्न समस्या भइरहेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्राविधिक मिनराज ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार ठेकदारका कारण नभएर कोरोना महामारी र मौसमका कारण कालोपत्रे गर्न नसकिउको तर अब फागुन भित्रै कालोपत्रे गर्ने तयारीमा निर्माण व्यवसायी रहेको छ ।

“कोरोनाले एक वर्षा ढिला भयो, त्यपछि वर्षा रोकिदै नरोकिने ग¥यो, अत्याधिक वर्षाका कारण गत असारदेखि चार महिना विमानस्थाल सामाग्री लैजाने मुख्य सडकनै चार महिना बन्द भयो” ओझाले भन्नुभयो “अहिले कालोपत्रेका लागि आवश्यक कच्चा सामाग्री ढुवानी गर्न चिसो मौसम छ, माघ सकिदा साथ गर्मी शुरु होला, अहिले घाम समेत नलाएको अवस्था छ, चिसोमा प्राविधिक हिसाबले कालोपत्रे गर्न समस्या हुन्छ, कालोपत्रे प्रविधि नयाँ छ, त्यही अलकत्रा पगाल्ने होइन, प्लान्टबाट दुई घण्टा बोकेरे काच्चा सामाग्री ल्याउदा चिसो हुँन सक्छ ।”

विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्तसम्म थपिएको प्राधिकरणले जनाएको छ । बहुवर्षे योजना भएको र बजेटको र निर्माण व्यवसयीको समस्या नभएको र मौसम खुलदासाथ कालोपत्रेको काम शुरु हुँने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विमानस्थल कालोपत्रेका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेकोले अब १५ प्रतिशत मात्रै भौतिक प्रगती गर्न बाँकी रहेको छ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए । तर आवश्यक पूर्वाधारको अभावले अहिले विमानस्थल बन्द छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाइन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *