धौलागिरीका पुराना पत्रकार खड्काको निधन


आदर्श अनलाइन, बागलुङ

धौलागिरीका पुराना पत्रकार बिदुर खड्काको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका संस्थापक संयोजक(२०५७) तथा धौलाश्री अनलाइनका प्रधान सम्पादक विदुर खड्काको निधन भएको छ । पुराना पत्रकार खड्का लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

७९ वर्षका खड्काको आज बिहान काठमाण्डौंमा मृत्यु भएको उहाँका जेठा छोरा तृथेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँको पार्थीव शरिरलाई अन्त्यष्टीका लागि बागलुङ ल्याउदै गरेको र बिहीबार मात्रै अन्त्येष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

२००० सालमा जन्मनुभएको खड्काले २०२२ सालमा गोरखापत्र दैनिकको संवाददाता भएर पत्रकारिता थाल्नुभएको थियो । खड्काले २०२८ साल असार १७ गतेदेखि बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका प्रकासन गर्नुभएको थियो ।

उक्त पत्रिकालाई २०५८ सालमा दैनिक बनाइएको थियो । २०६३ सम्म दैनिक प्रकाशित धौलाश्री दैनिक अनलाइनमा परिणत भएको थियो । उक्त धौलाश्री अनलाइन डटकम अहिले सम्म सञ्चालनमा छ । खड्का राजाकालिन समयमा बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्विरोध निर्वाचित समेत हुनुभएको थियो ।

पञ्चायतकालदेखि अहिले सम्म पत्रकारितामा निरन्तरको सक्रियता रहेका खड्का धौलागिरीको पत्रकारिताको मार्गदशकको रुपमा रहेको प्राज्ञ प्रेम छोटाले बताउनुभयो । खड्काको निधनले धौलागिरीको सिंगो पत्रकारिता जगतलाई अपुरणीय क्षती पुगेको छोटाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *