घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका

खेमराज गौतम, बागलुङ

बागलुङ बजार स्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणको लागि जग खन्ने क्रममा सडकमा क्षति पु¥याए । डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्रे गरेको सडक उप्कियो, अहिले चार तलाको घर सम्पन्न भइसक्यो तर सडकको खाल्टा जस्ताको तस्तै छ । खाल्टोमा पानी जमेर यात्रुलाई सास्ती पुगेको छ ।

सडकमा क्षती पु¥याएर घर निर्माण सम्पन्न दिदा समेत केही कारवाही नगरेर धरौटी रकम फिर्ता गरेको नगरपालिकाले सडकमा क्षति नपुराउने घरधनीहरुलाई समेत एउटै नियम बनाएर अघि बढेको पाइएको छ । यही असारदेखि धरौटी रकम सत प्रतिशत नै जफत गर्ने निर्णय नगरकार्यपालिकाले गरेको छ । गुमेको राजश्व फिर्ता ल्याउने र राजश्वको दायरा बढाउन नसकेको नगरपालिकाले घरधनीको रकम भने जफत गर्ने नीति ल्याएको घरधनीहरुको आरोप छ ।

घर निर्माण गर्दा सडकमा क्षति नपु¥याउने घरधनीको रकम समेत नगरपालिकाले जफत गर्ने नीति व्यवहारिक नभएको घरधनी आशिष राजभण्डारीले बताउनुभयो । “नगरपालिकाले राजश्व स्वरुप नक्सापास शुल्क लिन्छ, तर धरौटी भनेको रकम असार सम्म ५० प्रतिशत र असार पछि सबै रकम जफत भन्ने सुने, की धरौटी भनेर लिनै भएन शिर्षक परिवर्तन गर्नपरो नत्र धरौटी भनेर लिइसकेपछि पुरै रकम फिर्ता हुन पर्दछ” राजभण्डारीले भन्नुभयो ।

घर निर्माणमा सडकलाई कुनै क्षति नपुराईकन घर निर्माण पछि धरौटी रकम जफत गर्ने विषय घरधनीको रकम कुम्लाउने नगरपालिकाको योजना प्रष्ट देखिने घर सम्पन्न पश्चात नगरपालिकामा घर सम्पन्नताको प्रमाणपत्र लिन आउनुभएका सेवाग्राही तुलसी शर्माले गुनासो गर्नुभयो ।

“नगरपालिकाले जनप्रतिनिधिको सेवा बढाउन, सवारी साधन खरिद गर्नका लागि घरधनीको धरौटी रकम जफत गरेको देखिन्छ” उहाँले भन्नुभयो “नगरपालिकाले तोकेको नक्सापास शुल्क तिरेर घर निर्माण पश्चात धरौटी रकम लिन आउदा जफत गर्ने कुरा निकै असान्र्दभिक रहेको छ ।” राजश्वको मुख्य स्रोत रहेको ढुङ्गा तथा गिटी बालुवाको अवैध दोहन तथा चोरी भइरहेको टुलुटुलु हेर्ने नगरपालिकाले घरधनीहरुसंग लिइएको धरौटी रकम जफत गर्नुले नगरपालिकाको नियतमा खोट देखिएको घरधनीहरुको आरोप छ । धरौटी बापत लिइएको जुनसुकै रकम फिर्ता गर्नुपर्ने कानून विज्ञहरुको भनाई छ ।

नगरपालिकाले धरौटी वापत लिएको रकम घर धनीले सडक तथा नालिमा क्षति नपु¥याएको खण्डमा फिर्ता गर्नुपर्ने अधिवक्ता केशवराज पराजुलीले बताउनुभयो । “धरौटी वापत नगरपालिकाले लिएको रकम सडकमा क्षति पु¥याएको खण्डमा नगरपालिकाले क्षतिको मुल्याङ्कन पश्चात घरधनीको धरौटीबाट कटाउनुपर्ने हुन्छ” अधिवक्ता पराजुलीले भन्नुभयो “तर घर निर्माण गर्दा कुनै क्षति नै नपु¥याएको अवस्थामा नगरपालिकाले पुरै रकम घर धनीलाई फिर्ता गर्नुपर्दछ ।”

नियम भित्रै रहेर घर निर्माण सम्पन्न भइसक्दा धरौटी बापतको रकम नगरपालिकाले फिर्ता गर्नुपर्ने उहाँको तर्क रहेको छ । घर निर्माण गर्दा सडकमा क्षति पु¥याउने र नपु¥याउनेहरुलाई नगरपालिकाले एउटै नियम लागु गर्न नमिल्ने नगरपालिकाकै कर्मचारीहरु बताउउछन् । नगरपालिकाले कुन घरधनीले घर निर्माण गर्दा सडकमा क्षति पु¥याएको तथा नपु¥याएको, मापदण्ड अनुसार घर बने नबनेको अवलोकन गर्नका लागि नगरपालिकाले कर्मचारी खटाउन नसकेको घरधनीको आरोप छ ।

असार अघि धरौटीको ५० प्रतिशत रकम फिर्ता गर्दै आएको नगरपालिकाले असार पछिकोे सम्पूर्ण धरौटी रकम नगरपालिकाको सडक मर्मत कोषमा जम्मा गर्न थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “नगरपालिकाले धरौटी बापत घरधनीबाट लिएको रकम सडक मर्मत कोषमा जम्मा गर्ने गरी नगरकार्यपालिकाबाट निर्णय भएको हो” नगरप्रमुख पौडेलले भन्नुभयो “कसैले घर निर्माण गर्दा क्षति पु¥याएमा हामीले नै मर्मत संभार गर्नेगरी धरौटी रकम जफत गर्न थालिएको हो ।” नगरप्रमुख पौडेलले घरधनीले क्षति पु¥याएको सडक समेत नगरपालिकाले मर्मत गर्ने भनेपनि अहिले सम्म घर धनीले क्षति पु¥याएको अस्पताल रोडको सडक मर्मत हुन सकेको छैन ।

नगरपालिकाका इञ्जिनियर गौरव शर्माले नगरकार्यपालिकाले पास गरेर ल्याएको निर्णय आफूहरुले कार्यान्वयन गर्नुपर्ने बताउदै असारपछि नक्सा पास भएको घरधनीहरुको धरौटी रकम जफत हुने बताउनुभयो । अहिले अस्पताल रोड, गोदाम घर, लोकतान्त्रिक चोक, उपल्लाचौरमा घर निर्माणकै कारण सडकमा खाल्टाखुल्टी परिरहेका छन् । त्यतातिर नगरपालिकाको ध्यान पुग्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *