तीन वटै चुनावको परिणाम नआँदासम्म गठबन्धन कायमै रहन्छ–मन्त्री पौडेल

डम्मर बुढा मगर, बागलुङ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सिनियर नेताहरुले गठबन्धनको नेतृत्वमा चुनाव गराउने प्रतिबद्धता जनाएको हुँदा स्थानीय, प्रदेश र केन्द्रको चुनावसम्मनै कायम रहने बताउनुभयो ।

‘अब एक वर्ष भित्रैमा तीनै तहको चुनाव गर्नु पर्छ, तीन वटै चुनावबाट परिणाम नआउँदासम्म यो गठबन्धन रहन्छ, गठबन्धनमा भएका सिनियर नेताहरुको अहिलेसम्मको प्रतिबद्धता यही छ,’ मन्त्री पौडेलले भन्नुभयो ‘गठबन्धनकै नेतृत्वमा तीनै तहको चुनाव हुन्छ ।’

उहाँले स्थानीय तहको चुनाव जेठमै हुने समेत जानकारी गराउनु भयो । चुनावको पाँच वर्ष समयावधीको दुई महिना पहिलेनै जनप्रतिनिधि खाली नहुने गरि चुनाव गराई सक्नु पर्ने भए पनि निर्वाचन आयोगले सिफारिस नगरेको भन्दै अब निर्वाचन आयोगले चुनावको तयारी ग¥यो भने सरकार चुनावमा जान तयार भएको बताउनुहुन्छ ।

‘चुनावको पाँच वर्ष समयावधीको दुई महिना पहिलेनै जनप्रतिनिधि खाली नहुने गरि चैत ५ मै चुनाव गर्नु पथ्र्यो, त्यसका लागि निर्वाचन आयोगले सिफारिस गरेन, तीन पटक चुनाव भएको थियो, कुन समयलाई सकिएको मिति मान्ने भन्ने पनि कलिकति कन्फ्युज भयो,’ पौडेलले भन्नुभयो ‘तीनै तहको एकै पटक चुनाव गराउँ भन्ने फलफल पनि चलेको हो, तर पछि यो चुनाव सार्ने भन्ने कुरा बेठिक हुन्छ भनेपछि जेठमै चुनाव गर्ने भनिएको छ ।’

मन्त्री पौडेलले एमसीसी यथास्थितीमा पास हुने अवस्था नरहेको भन्दै यस बारे गठबन्धनमा दुई वटा धारणा प्रस्ट भएको समेत बताउनुभयो । एमसीसी र चुनाव एकै पटक नलैजाने भन्दै चुनाव सकिएपछि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने यहाँले बताउनुभयो ।

‘एमसीसी यथास्थितीमा पास हुने अवस्था पनि छैन, सदन पनि चलेको छैन, गठबन्धनमा दुई वटा धारणा प्रस्टै छन्, एउटै दल भित्र पनि एउटै धारणा छैन,’ मन्त्री पौडेलले भन्नुभयो ‘त्यसले गर्दा एमसीसी र गठबन्धनसँगै लैजाने नगरेर चुनाव सकिएपछि, राष्ट्रिय सहमति कायम गरेर, सदन भित्र भएका सबै दलहरुसँग सहमति गरे अगाडी बढाइनु पर्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *