हिमपातले सडक अवरुद्ध

डम्मर बुढा मगर, बागलुङ
शुक्रबार साँझदेखि वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छन् । शहुक्रबार रातिदेखि परेको हिमपातले शनिबार विहानसम्म बागलुङका ग्रामीण क्षेत्र पनि हिउँले सेताम्मे बनेका थिए । शुक्रबार र शनिबार दिउसो घाम लागेपछि तल्लो क्षेत्रको हिउँ पग्ली एकको छ भने माथिल्लो क्षेत्रमा बाक्लै हिउँ छ । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अन्तरगतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्पभएको छ ।

हिउँले सडक ढाकिएपछि लामो तथा छोटो दूरीका यातायातका साधानहरु ठप्प भएका छन् । बिहिबार साँझदेखि ठप्प भएका सावारी साधानहरु अझै पनि संचालनमा आएका छैनन् । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अत्याधिक हिमपात भएपछि यातायात ठप्प भएको हो । निसीखोलाको सिप क्षेत्रदेखि माथिल्लो भेगमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा अझै केही दिन सडक खुल्न नसक्ने स्थानीय अबिन घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँले सिमनाभन्दा तोल्लो क्षेत्रमै दुई फिटभन्दा बढी हिउँ जमेको भन्दै सिमाना अझ बढी हिउँ भएको बताउनुहुन्छ । ‘सिप क्षेत्रमा त यति बाक्लो हिउँ जमेको छ, अझ सिमानामा त कति बाक्लो होला ?’ घर्तीले भन्नुभयो ‘सडक अहिलेनै खुल्ला जस्तो लाग्दैन, अझै २÷४ पदन चर्को घाम लाग्यो भने ८÷१० मा खुलाउन सकिएला नत्र बाटो तत्तकाल खुल्ने अवस्था छैन ।’

उहाँले हिँले गर्दा स्थानीयको जनजीवननै कष्टकर भएको बताउनुभयो । घर्तीले भारी हिमपातका कारण स्थानीयले दैनिकी कामकाज गर्न नसकेको भन्दै पशुचौपायलाई घाँस दानाको व्यवस्थापनमा पनि समस्या भएको बताउनुभयो । ‘जताततै यस्तो हिँले ढाकेको छ, चिसोले कठ्याङ्ग्रिएर काम गर्नै सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो ‘पशुपौचापालाई घाँस दान खुवाउन पनि गाह्रो छ, चिसोले घर भित्रै बस्यो आगो ताप्ने बाहेक अरु काम केही छैन ।’

काठमाडौँदेखि पूर्वी रुकुमको लागि छुटेका गाडीहरु सिपमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरुलाई यातायातमा समस्या भएको छ । बागलुङ हुँदै पोखरा, काठमाडौँ लगायतका देशका मुख्य सहरमा जाने स्थानीयहरु सडक अवरुद्धका कारण रोकिनु परेको छ । क्षेत्रमा यो तेस्रो पटकको हिमपात हो । पहिलो र दोस्रो पटक हिमपात हुँदा केही कम परेको भए पनि यस पटक भने अत्याधिक परेको निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष सूर्य बहादुर घर्ती मगरले बताउनुभयो ।

उहाँले अवरुद्ध भएको लोकमार्ग तत्तका खुलाउन नसकिने बताउनुभयो । उहाँले मानिसले हटाउन नसक्ने र मेसिन प्रयोग गर्नु पर्ने भन्दै सेमिन पनि बाक्लो हिमपातका कारण चलाउन समेत समस्या हुने बताउनुभयो । अध्यक्ष घर्तीले सडक खुलाउन एक साता लाग्न सक्ने बताउनुभयो ।

‘सडकमा हिउँ अत्याधिक रुपमा जमेको छ, त्यसले गर्दा सडक खुलाउन अझै केही दिन लाग्छ, मेसिनले पनि सफा गर्न समस्या देखिन्छ, अघिल्लो पटक अहिलको भन्दा कम हिउँ थियो, सफा गर्न थाल्दा मेसिननै भासियो, अहिले त त्योभन्दा पनि बाक्लो छ,’ अध्यक्ष घर्तीले भन्नुभयो ‘केही दिन घाम लाग्यो भने मेसिन लगाएर खुलाउने छौँ ।’ शुक्रबार बागलुङको तल्लो क्षेत्रमा पनि हिउँ परेको थियो । वि.सं. २०६३ सालपछि अहिले तल्लो क्षेत्रमा हिमपात भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *