बडिगाडकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन, बागलुङ
सुत्केरी भएर साल अड्किएकी बागलुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सोमबार बिहान १ बजे सुत्केरी हुनुभएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गर्नुभएको थियो । स्थानीय स्वास्थ्यकर्मीको प्रयास असफल भएपछि उहाँलाई हेलिकप्टर मार्फत पोखरा पठाइएको हो ।

बडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उहाँको उद्धार गरेको हो । रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकाले सुत्केरीलाई घरमै राखी राति ४ः१३ बजे मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ ।

उहाँलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *